रवि लामिछानेलाई गृह मन्त्री बनाउन प्रधानमन्त्रीलाई रास्वपाको दवाव

अध्यक्ष रवि लामिछानेलाई पुन: गृह मन्त्री बनाउन रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दवाव दिइरहेको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले भोलिसम्म अध्यक्ष लामिछानेलाई गृह मन्त्री नबनाए सरकारबाट बाहिरिने चेतावनी दिएको बताइएको छ तर प्रधानमन्त्री प्रचण्ड भने रास्वपाका अध्यक्ष रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्धाको पूर्ण पाठ नआउदासम्म रविलाई गृह मन्त्री बनाउने पक्षमा देखिनुभएको छैन । नेकपा (माके)का नेता कार्यकर्ताहरु पनि सत्ता गठबन्धनले गरेका समझदारी कार्यान्वयनको पक्षमा आफूहरु रहेपनि रास्वपाका अध्यक्ष लामिछानेको नागरिकता सम्बन्धी मुद्धाको सर्वोच्च अदालतबाट पूर्ण पाठ नआउदासम्म रास्वपाका नेतालाई गृह मन्त्री बनाउन नहुने पक्षमा रहेको देखिएको छ ।

उता सत्ता गठबन्धनका सहयात्री दल नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने रास्वपाका अध्यक्ष लामिछानेलाई गृह मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दवाव दिइरहनुभएको छ ।

यता नागरिकहरु भने रास्वपाका अध्यक्ष लामिछाने विरुद्ध राहादानी दुरुपयोग सम्बन्धी मुद्धा अदालतमा दायर भएकोले त्यसको छिनोफानो नहुदासम्म निज रवि लामिछानेलाई मात्र नभई रास्वपाका नेताहरुलाई मन्त्री बनाउन नहुने पक्षमा दवाव दिइरहेको सामाजिक सञ्जालमा देखिएको छ ।

रवि लामिछानेले क्रसर व्यवसायीबाट उठाए पैसा

३२ दिनसम्म उप-प्रधानमन्त्री तथा गृहमन्त्री रहदा रास्वपाका अध्यक्ष रवि लामिछानेले क्रसर उद्योगी व्यवसायीहरुबाट ठूलो परिमाणमा पैसा उठाएको चर्चा चलिरहेको छ । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा अधिवक्ता स्वागत नेपालले रास्वपाका अध्यक्ष लामिछानेले क्रसर उद्योगीहरुलाई बन्द गरी दिने धम्की दिएर उनीहरुबाट पैसा संकलन गरेको बताउनुभएको छ । त्यसक्रममा लामिछानेले ८ करोड रुपैया भनदा बढी रकम क्रसर उद्योगी र व्यवसायीहरुबाट संकलन गरेको चर्चा चलिरहेको छ तर यस बारेमा बुझ्न खोज्दा लामिछानेसँग सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *