पूर्व विद्यार्थी नेता शालिकराम के.सी. सहित ५ जना नेकपा प्रवेश

पूर्व विद्यार्थी नेता शालिकराम के.सी. सहित ५ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएको छ । आज विशेष कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले उहाँहरुलाई टीका लगाएर स्वागत गर्नुभयो । सो कार्यक्रममा पूर्व विद्यार्थी नेता के.सी. सँगै रीना नगरकोटी , सुजिता राई , मैना श्रेष्ठ र रीया के.सी. पनि आजबाट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभयो ।

त्यस नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलले क्रान्तिकारी सिद्धान्त र विचार बोकेर अगाडि बढिरहेको नेपाल कम्युनिष्ट पार्टीमा यतिबेला छरिएर रहेका कम्युनिष्ट क्रान्तिकारीहरुको आकर्षण बढिरहेको बताउनुभयो ।

आज नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध शालिकराम के.सी. यतिबेला प्राध्यापन पेशामा हुनुहुन्छ । बिगत लामो समयदेखि नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनमा क्रियाशील के.सी. तत्कालीन नेकपा (माले) निकट अनेरास्ववियू र २०६३ सालमा ३ विद्यार्थी संगठन बीच एकीकरण भई निर्माण भएको अखिल (एकीकृत) को उपाध्यक्ष बनेर नेपालको विद्यार्थी आन्दोलनका साथै नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा योगदान गर्दै आउनु भएको छ ।

२०५७ साल पुसको पहिलो भएको हिन्दी चलचित्रका अभिनेता ऋतिक रोशनले नेपाल र नेपाली मन पर्दैन भनेर नेपालीलाई होच्याउने व्यक्त गरेको अभिव्यक्तिका विरोधमा काठमाडौंमा स्तस्फूर्त रुपमा चलेको आन्दोलनका क्रममा प्रहरी दमनमा परी नेता के.सी. गम्भीर घाइते हुनुभएको थियो , जसका कारण उहाँ ४ महिनासम्म इन्तु न चिन्तुको अवस्थामा रहनुभएको त्यही आन्दोलनमा गम्भीर घाइते भएर उपचार गरेका पूर्व विद्यार्थी नेता तथा हालको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्ट बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *