राज्यले रौतहटलाई विकासमा पछि पारेको भन्दै युवाहरुद्वारा विरोध प्रदर्शन

राज्यले रौतहट जिल्लालाई विकासमा पछि पारेको भन्दै बिहीबार युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनका उनीहरुले लालबकैया खोलामा पक्की पुल हाल्नु पर्ने , बद्मासी गरेको पप्पु कण्ट्रक्सनलाई कारबाही गर्नु पर्ने लगायतका नारा लगाएका थिए ।

भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल , भूतपूर्व मन्त्री प्रभु साह लगायतले पटक-पटक चुनाव जितेपनि र पूर्व पश्चिम सडक मार्गले छोएर पनि यो जिल्ला मानव सूचकाङ्कमा भने धेरै पछाडि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *