राप्रपाले समर्थन फिर्ता लिए गण्डकी प्रदेश सरकार धरापमा

राप्रपाले केन्द्रदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्यण गरेसँगै खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार धरापमा पर्ने देखिएको छ ।

राष्ट्रपति उम्मेद्वारको विषयलाई लिएर गत शुक्रबार नेपाली कांग्रेस, नेकपा (माके), जसपा ,नेकपा (एस), जनमत पार्टी लोसपा ,नाउपा र राष्ट्रिय जनमोर्चा बीच नयाँ सहमती भएपछि असन्तुष्ट बनेको राप्रपाले हिजो केन्द्र र प्रदेश सरकार छाडेर बाहिर आउने र ती सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको बताइएको थियो । सोही अनुरुप केन्द्र सरकारबाट बाहिरिएको राप्रपाका गण्डकी प्रदेवका मन्त्रीले आज राजीनामा दिने चर्चा चलिरहेको छ । यदी गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लिए ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा (एमाले)का २१ र नेकपा (माके) नेकपा (माके) ८ गरी २९ जना प्रदेश सभा सदस्यको मात्र नेकपा (एमाले) नेता खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई समर्थन रहने जानकारहरु बताउछन् । गण्डकी प्रदेश सभामा राप्रापाका २ सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *