निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउदै

निर्वाचन आयोग, नेपालले बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने जनाएको छ । यही फाल्गुण १० गतेदेखि शुरु भएको राष्ट्रपति निर्वाचन बिहीबार सम्पन्न भयो भने उपराष्ट्रपति निर्वाचन आउदो चैत्र ३ गते गर्ने निर्वाचन आयोग , नेपालको कार्यक्रम छ । बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ट नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेल नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई पछि पारी विजयी हुनुभयो । राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३,८०२ मतभार पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी सुवासचन्द्र नेम्वाङले १५,५१८ मतभार पाउनुभयो ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापति बन्ने चाहना अधुरै

२०६७ सालमा व्यवस्थापिका संसदमा १७ पटकसम्म भएको प्रधानमन्त्री पदको निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका पूर्व उपसभापति एव वरिष्ठ नेता रामचन्द्र पौडेल

बिहीबार सम्पन्न निर्वाचनमा भारी मतका साथ नेपालको तेश्रो राष्ट्रपति पदमा निर्वाचित भएसँगै उहाँक‍ो प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापति बन्ने चाहना अधुरै रहेको छ । नेपाली कांग्रेसको तेह्रौं राष्ट्रिय महाधिवेशनमा सभापति पदमा उम्मेद्वार बनेपनि उहाँ बर्तमान सभापति तथा तत्कालीन बरिष्ठ नेता शेरबहादुर देउवासँग पराजित हुनुभएको थियो । २०४८, २०५१ , २०५६ र २०७९ को संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा सम्पन्न संविधान सभा सदस्यका साथै पटक-पटक मन्त्री र उपप्रधानमन्त्री बन्नुभएको थियो । २०५१ सालमा सभामुख बनेका नवनिर्वाचित राष्ट्रपति पौडेलले आफूले विधि र पद्दतीलाई लागू गर्ने बताउनुभएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज पशुपतिनाथ मन्दिरमा पूजापाठ गरी सुन्दरीजलस्थित वीपी चौकमा रहेको वीपी संग्रहालयमा पुग्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *