नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘ उपराष्ट्रपति पदमा चुनाव जित्नेमा म ढुक्क छु’, भन्नुभएको छ । नेकपा (एमाले)को तर्फबाट आज उपराष्ट्रपति पदमा उम्मद्वार मनोनयन गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनको बारेमा आफूलाई थाहा नभएपनि आफू नेकपा (एमाले)को सर्वसम्मत उपराष्ट्रपति पदको उम्मेद्वार भएकोले आफूले जित्नेमा विश्वस्त रहको बताउनुभयो ।
आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज नेकपा (एमाले)की उपाध्यक्ष शाक्य सहित जनता समाजवादी पार्टी , नेपालका रामसहाय यादव र प्रमिलाकुमारी यादव तथा जनमत पार्टीकी ममता झाको उम्मेद्वारी मनोनयन भएको छ तर जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपराष्ट्रपति पदका उम्मेद्वार रामसहाय यादव विरुद्ध उजुरी परेको जनाइएको छ ।





