उपराष्ट्रपति पदमा नेकपा (एमाले)ले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत उम्मेद्वार बनाएपनि सत्तागठबन्धनले भने सर्वसम्मत उम्मेद्वार बनाउन सकेन । सत्तागठबन्धन भित्र रहेका जनता समाजवादी पार्टी, नेपालका रामसहाय यादव र प्रमिलाकुमारी यादव तथा जनमत पार्टीकी ममता झा उपराष्ट्रपति पदमा उम्मेद्वार बनेका छन् । जनता समाजवादी पार्टी, नेपालका उपराष्ट्रपति पदका दुबै उम्मेद्वारलाई सत्तागठबन्धनमा रहेका जनमत पार्टी , लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी बाहेकका दलहरुले समर्थन रहेको छ भने जनमत पार्टीकी ममता झालाई जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको साथ र समर्थन रहेको छ तर नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी, नेपालका उम्मेद्वारलाई समर्थन गर्ने सत्तागठबन्धनमा रहेका दलहर बीच सहमती भएको बताउनुभएको छ तर जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त रावतले उपराषट्रपति पदमा मित्रवत प्रतिस्पर्धा गर्ने आफ्नो पार्टीको नीति रहेको बताउनुभएको छ ।
उता उपराष्ट्रपति पदका उम्मेद्वार रामसहाय यादव विरुद्ध उजुरी परेको जनाइएको छ । त्यसैगरी राजविराज नगरपालिकाको मेयर पदमा पराजित भएर पनि जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदकी उम्मेद्वार ममता झालाई साझा प्रकाशनमा रहदा आर्थिक अनियमितता गरेको आरोप लागेको बताइन्छ ।
यता जनता समाजवादी पार्टी, नेपालकी उपराष्ट्रपति पदकी उम्मेद्वार प्रमिलाकुमारी यादवले भोलि मात्रै आफ्नो पार्टीको उपराष्ट्रपति पदको उम्मेद्वारको अन्तिम टुङ्गो लाग्ने सञ्चारकर्मीहरुलाई बताउनुभएको छ ।





