सुवास नेम्वाङ नेकपा (एमाले)को संसदीय दलको पुन: उपनेता

गत बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजित नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ नेकपा (एमाले)को संसदीय दलक‍ो पुन: उपनेता बन्नुभएको छ । इलाम क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङलाई आज स‍ोही पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता खडगप्रसाद शर्मा ओलीले ससदीय दलको उपनेता नियुक्त गर्नुभएको सो पार्टीले जनाएको छ । बिघटित संविधान सभाका अध्यक्ष तथा पूूर्व सभामुख एवं पूर्व कानुन , न्याय तथा संसदीय व्यवस्था मन्त्री नेम्वाङ २०७४ सालदेखि २०७९ सालसम्म उक्त पार्टीको संसदीय दलको उपनेता हुनुहुन्थ्यो । नेम्वाङ इलाम क्षेत्र नं. २ बाट २०५६, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य तथा २०६४ र २०७० सलल संविधान सभा सदस्य निर्वाचत हुनुभएको थिय‍ो ।

यता हिज‍ो अध्यक्ष ओलीले पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं पर्वतबाट पुन; निर्वाचित नेकपा (एमाले)का प्रतिनिधि सभा सदस्य पदम गिर्टीलाई प्रमुख सचेतक र अनेरास्ववियुका पूूर्व नेता तथा त्यसै पार्टीको तर्फबाट मकवानपुर क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्प महेश बर्तौलालाई सचेतकमा नियुुक्त गरेको बताहृएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *