डेनी निरौला र गीता बजगाईँको नयाँ गीत ‘कहिले दिन कहिले रात’ सार्वजनिक

गायक तथा संगीतकार डेनी निरौलाको स्वर तथा संगीत एवं सर्जक गीता बजगाईँको शब्द रचना रहेको नयाँ गीत कहिले दिन कहिले रात सार्वजनिक भएको छ । ललितपुरको गोदाबारीमा छायाङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियो समेत तयार गरिएको छ ।

३ सय भन्दा बढी गीतमा काम गरिसक्नुभएका गायक तथा संगीतकार डेनी निरौलाले उक्त गीतको म्युजिक भिडियोमा अविनय समेत गर्नुभएको छ । गम्भीर बिष्टले निर्देशन र नवीन निरौलाले सम्पादन गर्नुभएको सो म्युजिक भिडियोमा गायक तथा संगीगकार निरौलाको अतिरिक्त फरिता खड्का र करण खतिवडाको समेत अविनय रहेको छ । भ‍ोला पौडेलको मिक्सिङ र रेकर्डिङ तथा मन‍ोहर सुनामको एरेञ्ज रहेक‍ यो गीत साउण्ड डिजाइनको स्टुडिय‍ोमा रेकर्डिङ गरिएक‍ो जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *