कुमारीको दर्शन गर्न शनिबार अपरान्ह कार्गेट विना कुमारीघर पुग्नु भएका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा भएको छ । राष्ट्रपति पौडेल राष्ट्रपति कार्यालयबाट कुमारीघर पुग्दा र कुमारीघरमा कुमारीको दर्शन गरि त्यहाँबाट राष्ट्रपति कार्यालय फर्किने क्रममा सुरक्षाकर्मीले बाटो खाली गराउन यातायातका साधन रोकेनन् , जसका कारण नागरिकहरु खुशी देखिएका छन् । गत फाल्गुण २५ गते राष्ट्रपति निर्वाचित भएका पौडेलको गत फाल्गुण २६ गते पशुपतिनाथको दर्शन र सुन्दरीजलस्थित वी.पी. संग्रहालय आवतजावत गर्ने क्रममा सुरक्षाकर्मीले यातायातका साधन रोकेर सडक खाली गरेपछि त्यसको व्यापक विरोध भएको थियो ।
नवनिर्वाचित राष्ट्रपति पौडेलको यो कार्यले पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीको सवारीको समयमा सडक खाली गराउन याातायातका साधन रोकी दिदा सास्ती बेहोरेका नागरिकहरुले राहत महशुस गरेको देखिएको छ ।





