नेकपा (एस)को महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई प्रदान गरेको छ । आज बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले उक्त पार्टीका महासचिव डा.बेदुराम भुसाललाई उपाध्यक्ष र सचिवालय सदस्य घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी प्रदान गर्ने र पार्टीका सबै उपाध्यक्षहरुलाई सचिवालय सदस्यमा समावेश गर्ने निर्णय गरेको जनाइएको छ । यसैगरी सो बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताइएको छ ।






