ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विष्णुप्रसाद ढु्गाना नेतृत्वको नेकपा (मदनवादी) बीच पार्टी एकता सम्पन्न जानकारी प्राप्त भएको छ । गत फाल्गुण १७ गते बाराको निजगढमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्ट र नेकपा (मदनवादी)का अध्यक्ष विष्णुप्रसाद ढु्गानाले ५ बुँदे प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेर जारी गरि ती दुई पार्टी बीच एकता भएको घोषणा गर्नु भएको थियो तर ती दुई पार्टी बीचको एकताको प्राविधिक कार्य भने भर्खरै सम्पन्न भएको जनाइएको छ ।

यता विष्णु बरालको नेतृत्वमा सोनालाल साकानु सहित दर्जनौं नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख भट्टको भनाइ छ ।





