नेपाल उद्य‍ोग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन

लामो रस्साकसीपछि अन्तत: नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभयो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा हिजो भएको निर्वाचनमा तीनै जना उम्मेद्वारले ५० प्रतिशत मत नकटाएपछि वरिष्ठ उपाध्यक्ष पदमा पहिलो र दोश्रो मत पाएका अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच दोश्रो चरणको निर्वाचन हुने अवस्था बनेको थियो । य‍ निर्वाचनमा तेश्र‍ो मत पाएका रामचन्द्र सांघाईले अञ्जन श्रेष्ठलाई समर्थन गरेपछि वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार अञ्जन श्रेष्ठको पक्षमा पल्ला भारी भएपछि अञ्जन श्रेष्ठ सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने अवस्था निर्माण भएको सर‍ोकारवालाहरुको भनाइ छ । हिज‍ो सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार अञ्जन श्रेष्ठले ३८ प्रतिशत , उमेशलाल श्रेष्ठले ३१.५४ प्रतिशत र रामचन्द्र सांघाईले ३०.४६ प्रतिशत मत पाएको निर्वाचन समितिले जनाएको छ ।

अब ३ वर्षपछि श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको स्वत: अध्यक्ष बन्नुहुने छ ।

नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दीले उद्य‍ग-धन्दा तथा व्यापार व्यवसायमा परेको अशरले निराश बनेका उद्य‍ोगी तथा व्यवसायीका लागि लगानी य‍‍‍ोग्य वातावरण बनाउन पहल गर्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *