भारत भ्रमणबाट प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

४ दिने औपचारिक भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साझ स्वदेश फर्किनु भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजबाट साझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , उप- प्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लगायतले स्वागत गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले यस पटकको आफ्नो भारत भ्रमण विगतको भन्दा सफल भएको बताउनुभयो । एक प्रसङ्गमा त्यहाँ प्रधानमन्त्री प्रचण्डले आफू धर्म निरपेक्षतावादी भएकोले आफूले सबै धर्मको सम्मान गर्ने बताउनुभयो ।

भारत भ्रमणमा रहदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु , प्रधानमन्त्री नरेन्द्र मोदी , सुरक्षा सल्लाहकार अजित ड‍ोभल, विदेश मन्त्रालयका सचिव विश्वम‍‍ोहन क्वात्रा तथा उद्य‍ोगी व्यवसायी लगायतसँग भेटघाट गरि कुराकानी गरेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग एक्लाएक्लै र सामूहिक भेटवार्ता गर्नुभएको थियो । नेपाल र भारत दुबै देशका सरकार प्रमुख बीच भारतीय बजारमा १० वर्षमा १० हजार मेगावाट नेपालको जलविद्युत खरीद गर्ने , भारतले नेपालक‍ो नहर र सहायक नहरमा एकीकृत महाकाली सन्धि अनुरुप टनकपुरबाट महाकाली नदीको पानी वर्षातमा ३८.३५ क्युुसेक घनमीटर प्रति सेकेण्ड र हिउँदमा ८.५ क्युसेक घनमीटर प्रति सेकेण्ड छाड्ने , ३ महिना भित्र पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरी दुबै देशका सरकारलाई बुझाउने लगायका विषयमा सहमती भएको जनाइएको छ तर प्रधानमन्त्री प्रचण्डले यो पटकको भारत भ्रमणको क्रममा भारतीय संघीय संसदका प्रतिपक्षी दलका नेतासँग भेटघाट नगरी स्वदेश फर्केकाले भारत सरकार र नेपाल सरकार बीच भएको भनिएको सहमतीको भविष्य अन्यौलपूर्ण रहेको कतिपय जानकारहरु बताउछन् ।

भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्लीबाट मध्य प्रदेशको इण्ड‍ोर पुगेका प्रधानमन्त्री प्रचण्डले जनै र गेरुबस्त्र लगाएर उजैैैनस्थित महाकालेश्वर मन्दिरमा पूजाआजा

गरि त्यहाँको सरसफाई अभियान र आइटी पार्कको अवलोकन गर्नु भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई स्वदेश फर्किनु अघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाई गर्नु भएको थियो ।

भारतको ४ दिने औपचारिक भ्रमणका क्रममा नेपाल वायुसेवा निगमको जहाजबाट यही जेठ १७ गते नयाँ दिल्ली पुग्दा प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री लेखीले नै स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *