भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय तथा नासमना र ब्यासीमा सेवाकेन्द्र सञ्चालनमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २३औँ स्थापना दिवसको अवसरमा यही जेठ २० गते शनिबार रक्तदान कार्यक्रम, स्वास्थ्य शिवीर र वृक्षारोपण कार्षक्रम सम्पन्न भयो ।
सो संस्थाको सामाजिक उपसमितिको आयोजनामा भक्तपुरको व्यासी चोकमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताले रक्तदान गरे । नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले रक्तदाताहरुलाई प्रमाण-पत्र प्रदान गर्नुभयो ।






यसैगरी सोही ठाउँमा उक्त संस्थाको सामाजिक उपसमितिकै आयोजनामा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिवीर सम्पन्न भयो । सक्षम हेल्थ केयर एण्ड रिह्याबलिटेशन सेण्टरको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिवीरमा १३९ जनाले जनरल स्वास्थ्य परीक्षण तथा हाडजोर्नी र नशा रोगको स्वास्थ्य परीक्षण गर्नुका साथै विरामीहरुलाई नि:शुल्क औषधि वितरण गरियो ।

त्यस अवसरमा आयोजक संस्थाका अध्यक्ष कासुलाले खुल् रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखा र स्वास्थ्य शिवीरमा प्राविधिक सहयोग गरेको सक्षम हेल्थ केयर एण्ड रिह्याबलिटेशन सेण्टरलाई कदर-पत्र प्रदान गर्नुभयो ।
त्यसैगरी शनिबार नै उक्त संस्थाद्वारा वातावरण संरक्षण मञ्चसँगको सहकार्यमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको मुहानपोखरीमा बृक्षारोपण गरिएको छ । उक्त बृक्षारोपण कार्यक्रममा विभिन्न जातका १५० वटा बिरुवा रोपिएको छ ।
उक्त संस्थाको २३औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पन्न भएका यी कार्यक्रमहरु सफल पार्न सहयोग गर्ने सबैलाई आयोजक संस्थाका अध्यक्ष कासुलाले धन्यबाद ज्ञापन गर्नुभयो ।
निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको यो संस्थामा तरलता २३ प्रतिशत रहेको र यो संस्थामा शेयर सदस्य संख्या ९,३०९, शेयर पूजी रु.१०,६८,००,०००, निक्षेप संकलन रु.९१,००,००,०००, कर्जा लगानी रु. ९४,००,००,००० र कूल कारोबार रु.१,२५,००,००,००० रहेको त्यसै संस्थाकी प्रबन्धक रेश्मी श्रेष्ठको भनाइ छ ।





