नागरिकता विधेयक र प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदमा जुहारी

यही जेठ १७ गतेदेखि २० गतेसम्म भएको प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’को भारतको औपचारिक भ्रमण र यही जेठ १७ गते नै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेको विषयमा संघीय संसदमा सोमबार सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरु बीच जुहारी चल्यो । यही विषयमा आइतबार बसेको प्रतिनिधि सभाको बैठक नेकपा (एमाले), रास्वपा र राप्रपाका सांसदले अकरुद्ध गरेपछि सो बैठक सभामुख देवराज घिमिरेले १ घण्टाका लागि स्थगित गरेको भने पनि त्यस दिन पुन: प्रतिनिधि सभाको बैठक बस्न सकेन ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले गरेको भारत भ्रमणबारे अवगत गराउदै आफ्नो भारत भ्रमण सफल भएको बताउनुभयो भने राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणिकरण संविधान सम्मत रहेको तर यतिबेला यो विषय अदालतमा पुगेकोले यसका बारेमा ब‍ोल्न उपयुक्त नहुने बताउनुभयो ।

त्यस क्रममा नेकपा (एमाले)का सांसद योगेश भट्टराई , रास्वपाका सांसदहरु डा.तोसिमा कार्की, सुमना श्रेष्ठ लगायतले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए भने रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट जहाज चढेर फर्किनु हुन्छहोला भनेको त भैंसी चढेर पो फर्किनु भएछ भने पछि त्यसको नेकपा (माके)का प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति प्रकट गरपछि बैठकमा होहल्ला भएको थियो , जसका कारण भैंसी चढेर भन्ने सांसद खनालको अधिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुख घिमिरे निर्देशन दिनुभयो , जसप्रति रास्वपाका सभापति रवि लामिछानेले आपत्ती प्रकट गर्नुभय‍ो ।

यसैगरी सांसदहरुको प्रश्नको जवाफ दिन सभामुखको अनुमतीले रोष्टममा उभिएर प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण र नागरिकता विधेयकबारे सांसदहरुका प्रश्न र जिज्ञाशाको जवाफ दिन थालेपछि नेकपा (एमाले) का सांसद रघुजी पन्त, सूर्यबहादुर थापा क्षेत्री लगायतले नियमापत्ती गरि विरोध गरेपछि त्यसप्रति विमती जनाउदै नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मा तथा स्वतन्त्र डा.अमरेशकुमार सिंहले नियमापत्ती गरि राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणिकरणक‍ो बचाउ गरे । सांसदहरु बीच झण्डै आधा घण्टा जति जुहारी चल्दा प्रधानमन्त्री प्रचण्ड रोष्टममा उभिरहनुभयो र स्थिति अलि शान्त भएपछि उहाँले आफ्नो भनाइ पूरा गर्नुभयो ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफू प्रधानमन्त्री हुदा नश्ल सुधारका लागि भारतसँग भएको सहमती अनुरुप प्रधानमन्त्रीले १७ वटा राँगा ल्याउने भन्दा बाहेक उहाँको भारत भ्रमणबाट उपलब्धीमूलक नभएको र उहाँको भारत भ्रमणको क्रममा भएका सैद्धान्तिक सहमती परीक्षणको कसीमा परीक्षण हुन बाँकी नै रहेको बताउनुभयो । उहाँले आफ्नो जोडबलमा भएको एकीकृत महाकाली सन्धिको बचाउ गरि आफू प्रधानमन्त्री हुदा चाँदनी र दोधारामा सिञ्चाईको लागि आफूले गरेको कार्यको वर्णन गर्दै ‘कालापानीमा खनेको कुलो नभई नभई लिम्पियाधुरा हुदै बग्ने काली नदी नै नेपाल भारत बीचको सीमा नदी हो’, भन्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका गल्ती कमज‍ोरी औंल्यादै अहिले पनि त्यस्तो बिग्री हालेको केही छैन । राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई ध्यान दिएर सबैले कार्य गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । नागरिकता विधेयक पुुन: संसदमा ल्याएर छलफल गरि पारित गर्नु पर्नेमा उहाँले ज‍ोड दिनुचयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *