कम्युनिष्ट एकताको लाागि अभियान चलाएको बताउदै आएका सांसद बामदेव गौतमले नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले बोलाए आफू नेकपा (एमाले)मा फर्केर पुन: क्रियाशील भएर काम गर्ने बताउनुभएको छ । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा (एमाले)ले ७० वर्षको प्रावधान स्थगन गरेर राम्रो गरेको र यसको औपचारिक जानकारी अध्यक्ष ओलीले दिनु पर्ने उहाँको भनाइ थियो । उहाँले आफ्नो पार्टी सदस्यता त्यही रहेकोले आफूले गत वर्षसम्मको पार्टी सदस्यता ले.वि. बुझाएको बताए । उहाँले नेकपा (एमाले)को आगामी ११औँ महाधिवेशदेखि १२औँ महाधिवेशनसम्म पनि अध्यक्ष ओली नै अध्यक्ष बन्ने ठोकुवा गर्नु्भयो ।
गौतमको यो भनाइलाई नेकपा (एमाले)का अभ्यक्ष ओली सहितका नेता कार्यकर्ताले सकारात्मक रुपमा लिएको देखिएको छ ।
२०७७ फागुनमा सर्वोच्च अदालतको फैसलाका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भई नेकपा (एमाले) र नेकपा (माके) ब्युतिएसँगै नेता बामदेव गौतम कम्युनिष्ट एकता अभियानका नाममा छुट्टै समूह बनाएर क्रियाशील हुँदै आउनुभएको छ ।





