४ वाम दलको समाजवादी मोर्चा घ‍ोषणा

आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेेतृत्वको नेकपा (माके), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र विप्लव सी नेतृत्वको नपाल कम्युनिष्ट पार्टी रहेको समाजवादी मोर्चा,नेपाल घोषणा गरे । काठमाडौंको प्रदर्शनी मार्गस्थस्थिथि राष्ट्रिय सभा गृहमा आय‍ोजित सभामा यो मोर्चा घोषणा गरियो । नेकपा (एस)का सम्मानित नेता झलनाथ खनाल, नेकपा (माके)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको घोषणा सभामा वक्ताहरुले देशमा प्रतिगामी बादल मडारिएकाले त्यस विरुद्ध लडन समाजवादी मोर्चा, नेपाल बनाएको बताए।

आज घोषणा भएको समाजवादी म‍ोर्चा,नेपालमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान पनि यो मोर्चामा रहने चर्चा थियो तर आज समाजवादी मोर्चा, नेपाल घ‍ोषणा हुदा उनीहरु त्यसमा सामेल भएनन् ।

सो मोर्चाको नीति तथा कार्यक्रम पनि सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *