१०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवसमा डा.न्यौपाने र दाहाल सहित उत्कृष्ट सहकारी संघ/संस्था पुरस्कृत

१०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवस, २९औँ संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस र ३०औँ राष्ट्रिय सहकारी महासंघ दिवस दिगो विकासका लागि सहकारी भन्ने नाराका साथ राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको आयोजनामा विशेष कार्यक्रम गरि आज मनाइएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा ललितपुरमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका संस्थापक सञ्चालक तथा सहकारी अभियन्ता डा.शान्तराज शर्मा न्यौपानेलाई प्रमाण-पत्र सहित रु.५०,००० राशीको राष्ट्रिय सहकारी पुरस्कार,२०७९ प्रदान गरि सम्मान गरियो । यस अघि यो पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघ लिमिटेड,नेपालका पूर्व अध्यक्षद्वय दीपकप्रकाश बास्कोटा र केशवप्रसाद बडाल तथा सोही महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरे सम्मानित भइसक्नुभएको छ । त्यसैगरी उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड , काभ्रेपलाञ्च‍ोकलाई उत्कृष्ट सहकारी पुरस्कार,२०७९ तथा कोशी प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लि.,अर्जुनधारा-३, झापा, मधेश प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लि., शंकरपुर-१०, सर्लाही , बागमती प्रदेशबाट ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती-६, काभ्रेपलाञ्चोक , गण्डकी प्रदेशबाट मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लि., जलजला-३, पर्वत , लुम्बिनी प्रदेशबाट तिलोत्तमा बहुमुखी सहकारी संस्था लि., तिलोत्तमा-२, रुपन्देही , कर्णाली प्रदेशबाट त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी संस्था लि., त्रिपुरासुन्दरी , डोल्पा र सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.टिकापुर, कैलालीलाई प्रमाण-पत्र सहित रु.२५,००० राशीको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार,२०७९ र सहकारी अखबार डट कमका सम्पादक खिलानाथ दाहाललाई प्रमाण-पत्र सहित रु.२५,००० राशीको सहकारी पत्रकारिता पुरस्कार,२०७९ प्रदान गरि सम्मान गरियो । सोही कार्यक्रमका प्रमुख अतिथि घिमिरे र राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका अध्यक्ष मिनराज कँडेलले ती पुरस्कार प्रदान गरि पुरस्कृत हुने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । त्यस क्रममा पुरस्कृत हुने सबैले सहकारी क्षेत्रको प्रवर्द्धनमा पु-याएको योगदानको छोटो वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

यस्तैगरी सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपाल र काठमाडौं विश्वविद्यालय बीचको सहकार्यमा काठमाडौं विश्वविद्यालयमा सञ्चालन भएको ३ महिने डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेण्टको पहिलो व्याज उत्तीर्ण गरेका १९ जना विद्यार्थीलाई लब्धाङ्क-पत्र राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका अध्यक्ष कँडेल र काठमाडौं विश्वविद्यालयका प्रा.डा.विन‍ोदकृष्ण श्रेष्ठले प्रदान गर्नुभयो ।

यस्तैगरी गत चैत्रमा काठमाडौंमा सम्पन्न तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन,२०७९ सफलतापूर्वक सम्पन्न गर्न य‍ोगदान पु-याएका राष्ट्रिय सहकारी बैंक लि., नेफ्स्कून लगायतका सह-आयोजक , साझेदार र समर्थक संघ,संस्थाहरुलाई सहकारी विभागका रजिष्टार नमराज घिमिरे र राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका अध्यक्ष कँडेलले कदर-पत्र प्रदान गर्नुभयो । यसैगरी उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका अध्यक्ष कँडेलले प्रमुख अतिथि घिमिरेलाई मायाको चिनो प्रदान गर्नुभयो ।

सोही महासंघका अध्यक्ष कँडेलले अध्यक्षता तथा सञ्चालक टेकप्रसाद चौलागाईँले सञ्चालन र महाप्रबन्धक चित्रकुमारी थाम्सुहाङ्ग सुब्बाले स्वागत मन्तव्य व्यक्त गरेको यो कार्यक्रममा प्रमुख अतिथि घिमिरे, राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका संस्थापक अध्यक्ष तथा सल्लाहकार दीपकप्रकाश बास्कोटा , सहकारी विभागका रजिष्टार नमराज घिमिरे , काठमाडौं विश्वविद्यालयका प्रा.डा. विनोदकृष्ण श्रेष्ठ , नेफ्स्कूनका का.बा.अध्यक्ष चन्द्र ढकाल, साना किसान कृषि सहकारी संस्था लि.,शंकरपुर-१०, सर्लाहीका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठ र डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेण्टको पहिलो व्याज उत्तीर्ण गरेका विद्यार्थीहरुको तर्फबाट कृष्णकुमार तामाङले आ-आफ्नो विचार व्यक्त गर्दै सहकारी क्षेत्ररको आवश्यकता र महत्व बारे प्रकाश पार्नुभयो ।

हरेक वर्षको जुलाई महिनाको पहिलो शनिबार यी दिवस मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *