भक्तपुर जिल्ला बचत संघको आय‍ोजनामा आधारभूत सहकारी लेखा तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा २०८० असार १६ गते दुई दिवसीय आधारभूत सहकारी लेखा तालिम होटेल सिटिगाउँ, भाटेढुकुरमा सम्पन्न भयो । उक्त तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा सोही संघका उपाध्यक्ष हरि बल्लले य‍ो तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गर्द‌

वित्तीय संस्थामा लेखा प्रणाली चुस्त दुरुस्त राख्नुपर्ने खाँचो औल्याउनुभयो । सहकारीमा व्यवहारिक कुरालाई मात्र जोड दिदा लेखा प्रणाली कमजोर भई भविष्यमा समस्या देखिने उहाँको भनाइ थिएो । उहाँले तालिममा सिकेको ज्ञान र सीपलाई आ-आफ्नो संस्थाको विकासका लागि प्रयोग गर्ने र अरुलाई पनि सिकाउँदै जानु पर्ने बताउदै यदि आफूले तालिममा सिकेको भन्दा फरक र गलत अभ्यास संस्थामा भइरहेको छ भन्ने त्यसलाई तुरुन्त सच्याउन तत्पर हुनुको साथै सही कुराको सिकाइ हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यस अवसरमा उक्त संघका सचिव एंव संस्थागत विकास उप-समितिका संयोजक जगनाथ प्रजापतीले हालको आधुनिक युगमा सफ्टवेयर प्रणालीको मात्र प्रयोग हुदाँ सहकारीमा लेखा अभिलेखको प्रणाली नै थाहा नहुने जोखिम रहेको बताउनुभयो । म्यानुल लेखा प्रणाली नबुझ्दा सफ्टवेयरले दिएको रिपोर्ट सही छ कि गलत छ भनेर छुट्याउन कठिन हुने उहाँको भनाइ थियो । उहाँले यो तालिममा सहभागीहरुले संस्थामा आफूलाई दिएको जिम्मेवारी इमान्दारीताका साथ निभाउनुको साथै संस्थामा वित्तीय प्रतिवेदन बनाउन सहयोगी भूमिका निभाउनु पर्ने सुझाव थियो ।
तालिमका प्रशिक्षक तथा त्यसै संघका व्यवस्थापक बालकृष्ण धोजुले लेखा सम्बन्धी औपचारीक शिक्षा र सहकारीमा प्रयोग हुने लेखा सैद्धान्तिक रुपमा एउटै भए पनि व्यवहारिक प्रयोगमा फरक रहेको बताउनुभयो । सहकारीको व्यवहारिक लेखा प्रणालीलाई बुझ्दा लेखा प्रणाली झन् सहज र सरल रहेको उहाँको भनाइ थियो । उहाँले सहकारीका कर्मचारीहरुले सहकारीको समग्र लेखा प्रणालीबारे ज्ञान हासिल गरी संस्थाको जोखिम विश्लेषण गरी जोखिम न्युनिकरणका लागि अग्रसर हुनुपर्ने खाँचौ औंल्याउनुभयो ।

कार्यक्रममा त्यसै संघको संस्थागत उप-समितिका सदस्य विकुलाल सुवालले तालिमबाट सिकेका कुराहरु आ-आफ्नो संस्थामा उपयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

तालिममा सहभागीहरुले यो तालिम व्यवहारिक रहेकोले लेखाको नियम बाहेक ह्रास कट्टी, कर लगायतका कुरा प्रयोगात्मक विधिबाट सिक्न पाएकोमा खुशी व्यक्त गरे । तालिममा उक्त संघमा आबद्ध सदस्य संस्थाहरुमध्येबाट १७ जनाको सहभागिता रहेको थियो ।

सो तालिमको समापन कार्यक्रमको सञ्चालन त्यसै संघका कर्मचारी राजन कासिछ्वाले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *