सत्ता गठबन्धनमा रहेका दलका कोशी प्रदेश सभा सदस्यको समर्थनमा आज नेपाली कांग्रेेसका कोशी प्रदेश सभा दलका नेता उद्धब थापाले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नु हुने भएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सभामा दुई भन्दा बढी दलको समर्थन प्राप्त दलको नेतालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्न दिएको समयसीमा आज सकिदैछ ।
९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस) र जसपाका गरी सभामुख सहित ४७ जना सदस्य छन् ।





