प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको निधनमा नेताहरुदेखि पूर्व राजा समेतले गरे शोक प्रकट

नेकपा (माके)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कि श्रीमती सीता दाहालको आज भएको निधनमा विभिन्न राजनीतिक दलका नेतादेखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्मले शोक प्रकट गरे । नेकपा (माके)कि सल्लाहकार समेत रहेकी सीता दाहालको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली , नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई, रास्वपाका सभापति रवि लामिछाने , राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपाका अध्यक्ष महन्त ठाकुर, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतले शोक व्यक्त गर्दै नेकपा (माके) र दाहाल परिवारमा समवेदना व्यक्त गरेका छन् । यसैगरी समाजवादी म‍‍ोर्चा , नेकपा (माके) लगायतले उहाँको निधनमा श‍ोक विज्ञप्ति जारी गरि दिवंगत सीता दाहालप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल सबैमा समवेदना व्यक्त गरेका छन् ।

आज अपरान्ह दिवंगत दाहालको पार्थिव शरीर राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उहाँको पार्थिव शरीरमा आफ्ना दुई छोरीहरु रेणु र गंगाको साथमा प्रधानमन्त्री प्रचण्डले दागबत्ती दिनुभएको थियो भने उप-प्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले दिवंगत दाहालको पार्थिव शरीरमा राष्ट्रिय झ्ण्डा ओडाउनुभयो । त्यसबेला त्यहाँ पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, खड्गप्रसाद शर्मा ओली, माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई , बर्तमान र पूर्व मन्त्रीहरु, सांसदहरु , नेकपा (माके) सहितका विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ताहरु ,विदेशी कुटनीतिक निय‍ोगका प्रतिनिधिहरु, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरु लगायत ठूलो संख्यामा मानिसहरुको अपार उपस्थिति षियो ।

त्यस अघि २ घण्टा दिवंगत दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा (माके)को केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ नेकपा (माके) सहित निभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु, पूर्व राजा ज्ञानेन्द्र शाहका प्रतिनिधि पशुपतिभक्त महर्जन लगायतले दिवंगत दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *