शुभकामना साकोसको आय‍जोनामा विस्तारित मञ्च कार्यक्रम सम्पन्न , कूल कारोबार रु.१,२७,००,००,०००

भक्तपुरको सूर्यविनायकमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा नासमना र व्यासीमा सेवाकेन्द्र सञ्चालन गरि आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजनामा यही असार २९ गते शुक्रबार शुभकामना पार्टी प्यालस, भक्तपुरमा चार बर्षीय रणनीतिक व्यवसायिक योजना तथा भावी नीति र कार्यक्रम सम्बन्धी छलफल गर्न विस्तारित मञ्च कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स‍ोही संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु र कर्मचारीहरु लगायतको सहभागितामा रहेको थिय‍ो ।

कार्यक्रममा संस्थाको भावी नीति तथा कार्यक्रमबारे व्यापक छलफल गरी प्राप्त सुझावहरुलाई आगामी योजनामा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसै संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले बर्तमान समयमा सहकारीमा देखा परेको चुनौतिका बावजुद यसको सामना गर्दै अगाडि बढिरहेको यस शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो छुट्टै स्थान बनाउन सफल रहेको र यसलाई अझ सवल र सुदुृढ बनाइ अगाडि बढाउनका लागि यस संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति , उप-समितिहरु, कर्मचारीहरु र सदस्यहरु सबैको साथ, सहभागिता र समन्वय आवश्यक रहेको बताउनुभयो ।
उक्त अवसरमा सो संस्थाका नि:र्वतमान अध्यक्ष न्हुछेंकुमार त्वायनाले त्यस कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्नु हुँदै २३ बर्ष अगाडि भक्तपुरका जनताको पैसा बचतलाई सुरक्षित गरि उचित प्रतिफल दिने र सुरक्षित लगानी गर्ने सोचका साथ रु.७,५०,००० पूँजीबाट स्थापना भएको यस संस्थामा २०८० असारसम्ममा रु.१ अर्ब २७ करोड कारोबार रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा त्यस संस्थाकी प्रबन्धक रेश्मी श्रेष्ठले सो संस्थाको आगामी २०८३/०८४ सम्मको चार बर्षीय रणनीतिक व्यवसायिक योजना बारे प्रस्तुती गर्नु हुँदै यस संस्थामा सदस्यता र कारोबार वृद्धि गर्दै त्यसबेलासम्ममा रु.२ अर्ब २८ करोड कारोबार पु-याउने लक्ष्य रहेको र सोका लागि गर्नुपर्ने विभिन्न कार्यक्रमबारे छलफल गर्न यो विस्तारित मञ्चको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै उक्त संस्थाका सल्लाहकार प्रमुख बालमुकुन्द सुवालले सहकारीका सदस्यहरुलाई निरन्तर सहकारी शिक्षाको आवश्यकतामा जोड दिँदै आगामी आर्थिक बर्षमा १ सदस्य बराबर ६ सदस्य सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजनाबारे जानकारी दिनुभयो ।

उक्त संस्थाकी उपाध्यक्ष निर्मला सुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा सोही संस्थाका सचिव पुष्पलाल तिमिलाले धन्यवाद ज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *