भक्तपुर जिल्ला बचत संघको वार्षिक समीक्षा तथा आ.ब. २०८०/०८१ को बजेट कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रम होटल भादगाँउमा २०८० श्रावण २० गते शनिबार सम्पन्न भयो ।

कार्यक्रममा सोही संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारीमा हाल ऋणीले ऋण नतिर्ने, सञ्चालकहरुले पैशा चलाउने र बचतकर्ताहरुलाई बचत फिर्ता दिन नसक्ने तीन किसिमको समस्याहरु आएको विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी विभागबाट जारी सूचना, सहकारी सुधार सुझाव कार्यदलले पेश गरेको अल्पकालीन तथा दीर्घकालीन उपायहरुको बारेमा चर्चा गर्द‌ समीक्षा गर्दा आफ्नो कमजोरी सुधार गर्ने मौका पाउँछ र असल बाटो देखाउछ, त्यसैले समीक्षा गर्दै जानुपर्ने आवश्यकता औल्याउनुुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य उक्त संघका उपाध्यक्ष हरि बल्लले विषम परिस्थितिमा पनि यस संघको वासलात बढ्नु नै यसले सदस्यहरुको विश्वास जित्न सफल भएको विचार व्यक्त गर्नुभयो । उहाँले संघको मात्र समीक्षा नगरी सहकारी अभियानको शुद्धिकरणको लागि समग्र अभियानमा संघको भुमिकाको विषयमा समेत छलफल गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

कार्यक्रममा त्यसै संघका सचिव जगनाथ प्रजापतीले यो संघले आ.ब.२०७९/०८० मा तय गरेका कार्यक्रमको समीक्षागत प्रगति प्रतिवेदन पेश गर्नुभयो । यस संघले तय गरेका अधिकाशं कार्यक्रमहरु पुरा भएको तर सदस्यता बृद्धि, ऋण लगानी बृद्धि र अग्रिम व्याजकर दाखिला कम गर्ने लक्ष्यमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले जथाभावी सदस्यता वितरण र ऋण लगानीले संघको जोखिम बढाउने भएकोले यो संघले सदस्यता बृद्धि र ऋण लगानीमा विशेष ध्यान दिएको बताउनुभयो ।

कार्यक्रममा सो संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व.२०७९/०८० मा आ.व. २०७८/०७९ को कूल वासलातमा ३१ प्रतिशत र अनुमानमा ११९ प्रतिशतले बृद्धि भई रु.२ अर्व २२ करोडको वासलात निर्माण गर्न सफल भएको समीक्षागत आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभयो । उहाँले आ.व.२०७९/०८० मा यस संघले रु.३ करोड ४३ लाख मुनाफा गर्न सफल भएको बताउनुभयो।

कार्यक्रममा त्यस संघका व्यवस्थापक बालकृष्ण घोजुले आ.व.२०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले आ.व.२०८०/०८१ मा कूल वासलात रु.२ अर्व ४५ करोड र रु.३ करोड ९० लाखको नाफा प्रक्षेपण गरिएकोे बताउनुभयो । यो संघ र सदस्य संस्थाको संस्थागत विकासका लागि तालिम तथा कार्यक्रम अन्तर्गत रु.२८ लाख १३ हजारको व्यवस्थापक धोजुले प्रस्तुत गरेको प्रस्तावित बजेट र कार्यक्रममाथि समेत कार्यक्रममा छलफल गरिएको थियो ।

सोही संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखाले सञ्चालन गर्नुभएको कार्यक्रममा त्यसै संघका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उपसमितिरुका पदाधिकारी र सदस्यहरु तथा कर्मचारीहरु गरी ४३ जनाको सहभागिता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *