चमेर‍ो साकोसद्वारा सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण

भक्तपुरको सूर्यविननयक नगरपालिका-२, बालकोट चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको चमेरो बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा भएको वित्तीय कारोबारबाट आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत शेयर लााभांंश वितरण गरेक‍ो जनाएको छ । २०८० अस‍ोज २० गते शनिबार चमेरो चौतारीमा स‍ोही संस्थाका अध्यक्ष इ.भीमसेन श्रेष्ठको अध्यक्षता तथा सूर्यविनायक नगरपालिकाकी उप-मेयर सरिता भट्टराई तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो संस्थाको १४औँ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको थियो ।

त्यस साधारण सभाको उद्घाटन गर्दै

प्रमुख अतिथि भट्टराईले समुदायमा आधारित रहेको चमेरो साकोस यस भेगको सुशासनमा चलेको राम्रो सहकारी संस्था भएकोले यस संस्थामा ढुक्क भएर कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले सहकारी संस्थाहरु बचत र ऋण कारोबारमा मात्रै सिमित नरही रोजगारमूलक उत्पादनशील क्षेत्रमा लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।

साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै सूर्यविनायक नगरपालिका वडा नं.२ का वडाध्यक्ष प्रदीप कार्की, सोही नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठ , सहकारीविद उद्धव चौलागाईै र राष्ट्रिय सहकारी बैंक लि. थिमी शाखाकी प्रमुख सीता भट्टराई निरौलाले सो संंस्थाले सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको य‍‍ोगदान र यसले गरेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै त्यस संंस्थाको थप प्रगतिको कामना गर्नुभएको थियो ।

साधारण सभाको अध्यक्षता गर्नु भएका त्यसै संस्थाका अध्यक्ष इ. श्रेष्ठले त्यस संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘मिलेर केही गरौँ‘ भन्ने भावना र छरिएर रहेको सान‍ो सान‍ो पूँजीलाई एकत्रित गरी संकलन भएको बचत सदस्यहरुको सीपमूलक र आय आर्जन कार्यक्रममा लगाएर आर्थिक संकट टार्न उचित व्याजदरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक, सामाजिक र भौतिक अवस्थामा सुधार ल्याउन सहयोग पु-याउने उद्देश्य राखी स्थापना भएको चमेरो बचत तथा ऋण सहकारी संस्था लि. आफ्नो उद्देश्यमा अविचलित भई निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै प्रशन्ता व्यक्त गर्नुभएको थियो ।

सोही संस्थाका उपाध्यक्ष ध्रुव गजुरेलले स्वागत मन्तव्य र राजिव सेढाईले सञ्चालन गर्नुभएको साधारण सभामा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संय‍ोजक तेजबहादुर पालीले संस्थाको लेेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको गियो ।

शेयर सदस्यहरु बीच छलफल भई ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरिएको थियो ।

साधारण सभाले पाारित गरेको प्रतिवेदनमा आ.व.२०७९/०८० यो संस्थामा शेयर पूँजी रु.२,३४,८२,९०० , महिला १,३६७, पुरुष १,१६६ र संस्थागत १५ गरि जम्मा शेयर सदस्य संख्या २,५४८, कुल निक्षेप रु.३८,७१,०८,७२७ र कुल ऋण लगानी रु.२९,६६,५९,९०५ रहेकोमा आ.व.२०८०/०८१ को अन्तसम्ममा शेयर सदस्य संख्या २,७०० र शेयर पूँजी रु.२,५०,००,००० पु-याउने लक्ष्य रहेको उल्लेख छ ।

साधारण सभाका अध्यक्ष श्रेष्ठले प्रमुख अतिथि र अतिथिहरुलाई बिरुवा सहित मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो ।

यसैगरी साधारण सभामा माउण्ट भ्यु इङ्गलिस स्कुल बालकोट , भक्तपुरकी प्रिन्सिपल मीना महर्जनलाई रु.७,७७७ नगद , संस्थाको रु.१,००० दरका १० कित्ता शेयर र मायाको चिनो सहित चमेरो पुरस्कार-२०८० प्रदान गरी सम्मान गरिएको थियो ।

गाम्चा बचत तथा ऋण सहकारी लि.का अध्यक्ष विकास खड्का, बालकोट बचत तथा सहकारी संस्था लि.की प्रतिनिधि निर्मला बराल, सभामा चमेरो सहकारीको रु.१ बाट १ करोड अभियानका सहयोगी हातहरु राजेन्द्रकुमार श्रेष्ठ, रामनाथ कार्की, हेमन्तकुमार कार्की, चन्द्रप्रसाद उप्रेती , लक्ष्मीकृष्ण जगलु, जीत पाली, कृष्णबहादुर के.सी., ग‍ोविन्द भारती र साजन श्रेष्ठलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

साधारण सभामा रक्तदान कार्यक्रम सम्पन्न

चमेरो बचत तथा ऋण सहकारी संस्था लि.को १४औँ वार्षिक साधारण सभा सञ्चालन हुँदै गर्द‍ा सोही संंस्थाको आय‍ोजना र नेपाल रेडक्रस स‍ोसाइटी , बालकोट उप-शाखाको प्राविधिक सहय‍ोगमा त्यसै समयमा साधारण सभा स्थलमा रक्तदान कार्यक्रम आयोजना गरिएक‍ो थियो । त्यस संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सम्पन्न उक्त रक्तदान कार्यक्रममा १८ जना रक्तदाताले रक्तदान गरेका थिए । आय‍ोजकबाट रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिएको थिय‍ो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *