बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.की उपाध्यक्ष समेत रहेकी कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गर्दै २०८० मंसिर २३ गते शनिबार मकवापुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को ७औँ अधिबेशन सहित १८औं वार्षिक साधारण सभा सम्पन्न भयो । सो संघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी र सदस्य पदका उम्मेद्वारको संख्या धेरै भएपछि निर्वाचन भएको थियो । उक्त निर्वाचनमा दोब्बर भन्दा बढी मतान्तरबाट प्रतिस्पर्धी राजु गौतमलाई पछि पारी कल्पना श्रेष्ठ त्यस संघको अध्यक्ष पदमा पुन: निर्वाचित हुनुभयो । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्ष पदमा मिनाकुमारी चौँरे प्रतिस्पर्धी सीतादेवी भेटवाललाई पछि पारी निर्वाचित हुनुभयो भने सचिव पदमा वीरेन्द्रकुमार ढुङ्गाना प्रतिस्पर्धी हरिप्रसाद पौडेललाई पाखा लगाएर विजयी हुनुभयो । त्यस्तै सोही समितिको सह-सचिव पदमा विजयबहादुर बस्नेत प्रतिस्पर्धी चूडामणि रुपाखेतीलाई पछि पारेर निर्वाचित हुनुभयो भने कोषाध्यक्ष पदमा विष्णुमाया लामा प्रतिस्पर्धी ध्रुवप्रसाद देवकोटालाई पाखा लगाएर विजयी हुनुभयो । यस्तै सञ्चालक समितिको सदस्य पदमा शर्मिला महत , शंकरप्रसाद कालाखेती, यशोदा पराजुली, जानकी चौधरी, सीताराम दाहाल , फणिन्द्रनाथ सुवेदी, हिमाल पौडेल र जुना दंगाल प्रतिस्पर्धीहरु रामहरि तिमल्सिना ,जानुका दवाडी, मिनु अग्रवाल ,हरिमाया ढकाल अधिकारी, रामकेदार बस्नेत र योगनाथ दंगाललाई पछि पारी निर्वाचित हुनुभयो ।
त्यसैगरी उक्त संघको लेेखा सुपरीवेक्षण समितिको संयोजकमा मिठ्ठाराम दाहाल प्रतिस्पर्धी श्रमिक लामालाई पाखा लगाएर विजयी हुनुभयो भने लेखा सुपरीवेक्षण समिति सदस्य पदमा सचिता भट्टराई र श्रीराम दाहाल प्रतिस्पर्धीहरु कृष्ण बिडारी र सुशान्त तिमल्सिनालाई पछि पारी विजयी हुनुभयो ।
यही मंंसिर १५ गते सम्पन्न बागमती प्रदेश बचत तथा ऋण सहकारी संंघ लि.को तेश्रो वार्षिक साधारण सभामा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.लाई उत्कृष्ण जिल्ला बचत तथा ऋण सहकारी सम्मान /पुरस्कारबाट सम्मानित गरिएको थियो ।






