लोकेश्वर साकोसमा शिक्षा शिविर सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप-समितिको आयोजनामा सोही संस्थाका नयाँ सदस्यहरुको लागि शिक्षा शिविर कार्यक्रम त्यसै संस्थाको प्राङ्गणमा सम्पन्न भयो । उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सो संस्थाका अध्यक्ष राजन जतिले अहिलेको सहकारीको अवस्था, सहकारीको महत्व र त्यस संस्थाले गर्दै आएका सामाजिक, आर्थिक तथा नैतिक जिम्मेवारी बहनका विषय बारेमा सुशुचित गर्नुभयो । त्यस संस्थाको बचत तथा ऋण सम्बन्धी कारोबारहरुको सेवा सुविधाकाबारे प्रकाश पार्दै उहाँले आर्थिक कारोबार सँगसँगै यस संस्थाले सामाजिाक सेवा र सदस्यहरुलाई विभिन्न सीपमूलक तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले सदस्यहरुले यो शिक्षा शिविर कार्यक्रमहरुबाट प्रत्यक्ष नयाँ सदस्यहरु र संस्था बीच अन्तर सम्बन्ध कायम हुने विश्वास व्यक्त गर्दै सहकारीले प्रथाममिकताका साथ गर्नुपर्ने र गर्दै आएका विभिन्न आर्थिक एवं सामाजिक तथा सांस्कृतिक कार्यहरु सम्बन्धी जानकारी दिनुभयो ।
उक्त संस्थाका सञ्चालक समिति सदस्य एवं शिक्षा तथा बचत उप-समितिका संयोजक कृष्णराम तुकंबञ्जारको अध्यक्षतामा सम्पन्न भएको त्यस कार्यक्रममा त्यसै संस्थाको शिक्षा तथा बचत उप-समितिका सदस्य मञ्जुमैंया लाखाजुले सो संस्थाले स्थापनाकालदेखि गरेका कार्यहरु र प्रगतिको बारेमा विस्तृत रुपमा प्रस्तुतीकरण गर्नुभयो । उक्त कार्यक्रममा सहकारी अभियानकर्मी सजिव मानन्धर र प्रबन्धक प्रशान्त मानन्धर लगायतले पनि आ-आफ्नो विचार व्यक्त भएको थियो ।

कार्यक्रमको झलक

Leave a Reply

Your email address will not be published. Required fields are marked *