नेपाल बचत तथा ऋण केन्द्रीय सहकाारी संघ लि.को नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी र सदस्यहरु चयनका लागि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले मतदान भइरहेको छ । दिउँस २ बजेदेखि शुरु भएको मतदान अहिले पनि जारी छ । १ बजेदेखि मतदान शुरु हुने भनिएपनि त्यसको १ घण्टापछि मात्रै मतदान शुरु भएको र व्यवस्थापन पक्ष चुस्त हुन नसक्ता मतदानको लाइन सर्न ढिलो भएकोले मतदान सुस्त गतिमा भइरहेको मतदाताहरुको गुनासो छ । नेफ्स्कूनको सञ्चालक समितिका १९ र लेखा सुपरीवेक्षण समितिका ३ पदमा आवश्यक भन्दा बढी उम्मेद्वारी परेपछि चुनावमा जानु परेको निर्वाचन उपसमितिले जनाएको छ । यो निर्वाचनमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा २ वटा छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा छन् भने ती प्यानल भन्दा बाहिरबाट पनि विभिन्न पदमा साकोस अभियन्ताहरुको उम्मेद्वारी परेको छ ।

मतदान समाप्त भएपछि आजै मतगणना गरि नतिजा सार्वजनिक गर्ने बताइएको छ । भोटिङ मेेसिनबाट मतदान भएकोले मतगणना गर्न धेरै समय नलाग्ने जानकारहरु बताउछन् ।





