ललितपुरको गोदाबारी नगरपालिका-३ टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.को १७औँ वार्षिक साधारण सभा आउदो शनिबार हुने भएको छ । गोदाबारी नगरपालिकाका सहकारी शाख ा प्योरमुख ऋषिराम अधिकारीको प्रमुख आतिथ्यतामा हुने उक्त साधारण सभाले सो संस्थाको नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्ने बताइएको छ । आर्थिक वर्ष २०७९/०८० मा यो संस्थाले आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुदाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव उक्त सााधारण सभामा प्रस्तुत गर्ने तयारी भइरहेको जनाइएको छ ।

‘स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यो संस्था सुशासनमा रहेर सञ्चालन भइरहेको छ र यसमा तरलता पर्याप्त मात्रामा छ’, सोही संस्थाका कोषाध्यक्ष देवराज गिरीको भनाइ छ । यो संस्था गत वर्ष ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.द्वारा उत्कृष्ट कारोबार गर्ने संंस्थाको रुपमा पुरस्कृत भएको थियो ।






