पुन: भुमिराज खड्काको अध्यक्षतामा सञ्चालक समिति र गोपालध्वज श्रेष्ठको संयजकत्वमा लेेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरी दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २५औँ वार्षिक साधारण सभा बिहीबार चरिकोटमा सम्पन्न भयो । ४ वर्ष कार्यकाल रहने सो सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जगत सुवेदी,उपाध्यक्षमा नारायणबहादुर श्रेष्ठ,महासचिवमा तेञ्जिङ शेर्पा,सचिवमा शर्मिला सापकोटा ,कोषाध्यक्षमा पर्शुराम कार्की र सदस्यमा डम्बरबहादुर खड्का, ध्रुब सापकोटा , मिना जिरेल, मन्दिरा लामिछाने , मिङ्मा छेरी शेर्पा, गणेशबहादुर बस्नेत, भानुदेवी नेपाली , डम्बरबहादुर आचार्य , सीताराम दाहाल, लक्ष्मी दाहाल र मेघराज के.सी तथा लेखा सुपरीवेक्षण समितिको सदस्यमा कृष्णकुमार श्रेष्ठ र कालिका वली चयन हुनुभएको छ ।





