राष्ट्रिय सहकारी महासंघको ३१औँ वार्षिक साधारण सभा आजबाट शुरु हुँदै

देशभरका सहकारी संंघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको निर्वाचन सहितको ३१औँ वार्षिक साधारण सभा ललितपुरको पुल्चोकस्थित स‍ोही महासंघको भवनमा आजबाट शुरु हुँदै छ । भोलि सम्पन्न हुुने उक्त सााधारण सभाले सोही महासंघको १ अध्यक्ष, १ बरिष्ठ उपाध्यक्ष, कम्तीमा १ महिला सहित ३ उपाध्यक्ष र ७ महिला सहित १९ सदस्य गरी २४ सदस्यीय सञ्चालक समिति र कम्तीमा १ महिला सहित ३ सदस्यीय लेेखा सुपरीवेक्षण समिति चयन गर्ने जनाइएको छ । निर्वाचन उपसमितिका अनुसार ९ खुल्ला सदस्यमा कम्तीमा ५ जना महिला सदस्य तथा ७ प्रदेशमध्ये बागमती र लुम्बिनी प्रदेशबाट पनि कम्तीमा १/१ जना महिला सदस्य अनिवार्य गरिएको छ । साधारण सभामा निर्वाचनका लागि कोशी प्रदेशबाट ५८ , मधेश प्रदेशबाट ३०, बागमती प्रदेशबाट ८८, गण्डकी प्रदेशबाट ३७, लुम्बिनी प्रदेशबाट ३७, कर्णाली प्रदेशबाट १४ र सुदूरपश्चिम प्रदेशबाट २३ गरी २८७ जना केन्द्रीय प्रतिनिधि कायम गरिएको छ निर्वाचन उपसमितिले जनाएको छ । यो महासंघमा ३१८ सदस्य संघहरु आवद्ध रहेको बताइएको छ ।

कँडेल र मल्ल अध्यक्षका दाबेदार

राष्ट्रिय सहकारी महासंघ लि., नेपालको अध्यक्षमा बर्तमान अध्यक्ष मिनराज कँडेल र बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल

दाबेदार हुनुहुन्छ । कँडेल नेफ्स्कूनको अध्यक्ष हुँदै राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको बरिष्ठ उपाध्यक्ष र अध्यक्ष बन्नुभयो । उहाँ इमान्दार र मृदुभाषी सहकारी अभियन्ताको रुपमा परिचित हुनुहुन्छ ।
यता अध्यक्षकी दाबेेदार मल्ल बिगत २५ वर्षदेखि सहकारी अभियानमा क्रियाशील हुनुहुन्छ । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष , अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA)को ग्लोबल बोर्ड सदस्य र संविधान सभा सदस्य बनेर कार्य गर्नुभयो । उहाँ सहकारी अभियानमा गतिशील र मिलनसार सहकारी अभियन्ताको रुपमा चिनिनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *