आज १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदै छ । जुलाई महिनाको पहिलो शनिवार मनाइदै आएको यो दिवसको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरी आज नेपालमा पनि सहकारी संघ/संस्थाहरुले विभिन्न कार्यक्रमहरु रगदैछन् ।
बागमती किनारामा वृक्षारोपण
१०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुरको शंखमुलमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी सश्स्था लि.र ललितपुरकै कुम्भेश्वरमा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.ले लिटिल फ्लावर सेकेण्ड्री स्कुल , शंखमुल, ललितपुरसँग सहकार्य गरि बागमती किनारामा २०८१ असार २१ गत वृक्षारोपण गरेको जनाएका छन् ।
श्री बाराही साकोसद्वारा सहकारी शिक्षा शिविर आयोजना
१०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज भक्तपुर नगरपालिका-४, भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी शिक्षा शिविर आयोजना गरेको जनाएको छ । सो संस्थाको शिक्षा उप-समितिको आयोजनामा विहान ७:३० बजेबाट त्यसै संस्थाको सभा हलमा यो शिविर आयोजना गरेको बताइएको छ ।





