नेदरल्याण्ड्सलाई २-१ गोल अन्तरले पराजित गरी इङ्ल्याण्ड युरोकप-२०२४ को फाइनल प्रवेश गरेको छ । जर्मनीमा जारी यरोकप फुटबलको १७औँ संस्करण अन्तर्गत गएराती इङ्ल्याण्ड र नेदरल्याण्ड्स बीच भएको दोश्रो सेमी-फाइनल खेलमा नेदरल्याण्ड्सका सिमोन्सले खेलको ७औँ मिनेटमा गोल गरेर अग्रता लिएपनि खेलको १८औँ मिनेटमा इङ्ल्याण्डका कप्तान ह्यारी केनले पेनाल्टी मार्फत गोल गरि इङ्ल्याण्डलाई बराबरीमा पु-याए । खेलको पहिलो हापमा इङ्ल्याण्डका खेलाडीले खेलमा दबदबा कायम गरेपनि खेलको दोश्रो हापमा भने नेदरल्याण्ड्सका खेलाडीले खेलमा नियन्त्रण कायम गरेका थिए तर नेदरल्याण्डसका खेलाडी गोल गर्न भने असमर्थ रहे । सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका इङ्ल्याण्डका ओली वाटकिण्टले खेलको ९०औँ मिनेटमा गोल गरेसँगै इङ्ल्याण्ड युरोकप-२०२४ को फाइनल प्रवेश गर्न सफल भयो । यस अघिको युरोकप फुटबलको फाइनलमा इटालीसँग पराजित भएर घर फर्किएको इङ्ल्याण्ड र स्पेन बीचको युरोकप फसटबल-२०२४ को फाइनल खेल यही आउदो सोमबार हुने बताइएको छ ।





