भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिको आयोजनामा २०८१ साउन ५ गते शनिबार महिला गोला समूहको बनभोज कार्यक्रम कमलविनायक पिकनिक स्पोटमा सम्पन भयो । कार्यक्रममा नेमकिपाकी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सृजना सैजूले ख्वप बचतका कृयाकलापहरु सकारात्मक छन र यसका गतिविधिले समाज परिर्वतनमा सकारात्मक प्रभाव परेको बताउनुभयो । “महिलाहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ, पुरुषलाई भन्दा महिलालाई ४२ वटा बढी थप रोग लाग्ने सम्भावना भएकोले नियमित स्वास्थ्य जाच आवश्यक छ । स्वास्थ्यलाई हानिकारक फास्टफुड खानाहरु नखाऔं,सुघरको सेवन विस्तारै कम गरौ’ भन्नुभयो । उहाँले देशका राजनीति र घटनाक्रमबारे महिलाहरुले चासो राख्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाको विकास निर्माणबारे चर्चा गर्दै कालीघाट सत्तलका लागि बजेटको बन्दोबस्त गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले ख्वप साकोस सहकारी मूल्य र मान्यता अनुुसार सञ्चालन भएर आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन विभिन्न गतिविधि गरिरहेका बताउनुभयो । बजारिया सहकारीमा विकृती आइरहेको बताउदै उहाँले स्थानीय दाजुभाइ दिदीबहिनीहरुको नेतृत्व रहेका सहकारी संस्थामा मात्र रकम बचत गर्न अनुरोध गर्नुभयो । सोही संस्थाको महिाला उप-समिति संयोजक चण्डेश्वरी याकामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रीता सुवाल, बबिमैंया कवां र सुलोचना सुवालले पनि आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रम बाल बचतकर्ता मिसिप सुवालले गीत प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि सैजुले सो संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार वितरण गर्नुभयो ।





