काठमाडौंको सीतापाइलामा रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा पुन: अमरावती बलामी महर्जनको अध्यक्षतामा सञ्चालक समिति र शोभा लामा थापा मगरको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गर्दै २०८१ मंसिर २१ गते शुक्रबार सम्पन्नभयो । ४ वर्ष कार्यकाल रहने उक्त सञ्चलक समितिको उपाध्यक्षमा तुलसा खड्का, सचिवमा मैया चापागाईँ, कोषाध्यक्षमा राखी खनाल र सदस्यमा आरती चित्रकार, रामप्यारी श्रेष्ठ र अर्चना मानन्धर चयन हुनुभएको छ भने लेखा सुपरीवेक्षण समिति सदस्यमा सोना सापकोटा र पनिता महर्जन निर्वाचित हुनुभएको छ ।

उक्त संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि समाजसेवी एवं महिला अभियान्ता सिर्जना सिंह हुनुहुन्थ्यो भने विशेष अतिथिमा पूर्व सांसद राज्यलक्ष्मी श्रेष्ठ, जिल्ला सहकारी संघ लि., काठमाडौंकी महिला उपाध्यक्ष विष्णु चौलागाईँ र कास्कूनकी लेखा सुपरीवेक्षण समिति संयोजक अनिता अधिकारीको सहभागिता रहेको थियो। उक्त साधारण सभा दुईवटा सत्रमा विभाजन गरिएको थियो। पहिलो सत्र संस्थामा आबद्ध सदस्यहरूबीच बन्दसत्र कार्यक्रम सुरुवात गरिएको थियो । बन्द सत्रको उद्घाटन संस्थाका जेष्ठ सदस्यबाट गरिएको थियो । महिला सञ्चारकर्मी निशान बुढाथोकीबाट सञ्चालित उक्त कार्यक्रममा संस्थाको भितेपात्रो प्रकाशनमा तथा वार्षिक प्रतिवेदन पुस्तकमा आफ्नो व्यवसाय प्रवर्धन गर्नुहुने सदस्य महानुभावहरुलाई सम्मान गरिएको थियो। वर्षभरि गरिएका आर्थिक तथा विभिन्न गतिविधिहरूलाई प्रकाशित गर्दै संस्थाका अध्यक्ष महर्जनबाट प्रस्तुत भावी योजनाका कार्यहरूलाई पनि शेयर सदस्यहरूबीच छलफल गरिएको थियो । यस्तै लेखा सुपरीवेक्षण समिति संयोजक मैयाँ चापागाईँले वर्षभरि गरिएका कामहरू र भावी कार्यका लागि सुझावहरू सहित लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको त्यस साधारण सभाले सञ्चालक समिति र लेेखा सुपरीवेक्षण समितिको प्रतिवेदन शेयर सदस्यहरुफबीच छलफल गरि पारित ग-यो ।
बन्द सत्रबाटै संस्थाको विनियम पुनर्लेखन तथा आन्तरिक नीतिहरू परिमार्जनका लागि पेश भएको प्रस्ताव छलफल गरी अनुमोदन गरेर आगामी दिनहरुमा संस्थालाई विनियम, नीति तथा सहकारी ऐन अनुसार सिष्टम सञ्चालन गर्न अहिलेको निर्वाचित लेखा सुपरीवेक्षण समिति संयोजक शोभा लामा थापा मगरको प्रतिबद्धता सहित नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन भएको थियो।
साधारण सभाको औपचारिक कार्यक्रमको उद्घाटन गर्दै

प्रमुख अतिथि सिंहले महिलाहरूलाई आर्थिक रुपले सवल बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको र महिलाहरू वित्तीय क्षेत्रमा अनुशासित भएकै कारण महिलाहरूबाट सञ्चालित सहकारीहरू अब्बल रहेको तथ्याङ्क भएको कुराहरु व्यक्त गर्दै कार्यसमितिको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। यसैगरी पूर्व सांसद तथा सोही संस्थाकी संस्थापक सल्लाहकार राज्यलक्ष्मी श्रेष्ठले नवनिर्वाचित समितिहरूलाई बधाई दिँदै नेतृत्व भूमिका माथि कुनै पनि शंका नरहेको र विगतका दिनहरूमा जति नै कठिन परिस्थिति र उतार चढाव रहेतापनि यस संस्थाले गरेको उदाहरणीय कामहरूको प्रशंसाका साथ नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको थियो।
संस्थाकी नवनिर्वाचित अध्यक्ष महर्जनले

अहिलेको सहकारी क्षेत्रको नाजुक परिस्थितिमा नेतृत्वदायी भूमिका निर्वाह गरी दुःखको घडीमा सधैं अगाडि रहने प्रतिबद्धताका साथ अहिलेको कार्य समितिबाट संस्थालाई अझै स्वस्थ प्रविधिमैत्री, सिष्मेटिक र सदस्यको हरेक क्षेत्रको हितका लागि कार्य गर्ने प्रतिबद्धताका साथ सो कार्यक्रम समापन गर्नुभयो ।


नागार्जुन नगरपालिकाभरी कार्यक्षेत्र भएको यो संस्थाले नागार्जुन नगरपालिका-१, रानीवनमा बचत संकलन केन्द्र सञ्चालन गरिरहेको छ ।





