ललितपुर महानगरपालिका-१२, सौगलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरुलाई ६ प्रतिशत लाभांश वितरण गरि सहकारी ऐन, नियमावली र संस्थाको विनियममा भएको व्यवस्था अनुरुप शेयर सदस्यहरुले पाउने लाभांश रकम उनीहरुको खातामा हाली दिएको सोही संस्थाका व्यवस्थापक बाबुराजा बज्राचार्यको भनाई छ । २०८१ मंसिर २९ गते शनिबार पाटनढोकामा सम्पन्न उक्त संस्थाको ३१औं वार्षिक साधारण सभाले शेयर सदस्यहरु बीच आर्थिक वर्ष २०८०/०८१ मा गरेको वित्तीय कारोबारबाट प्राप्त भएको मुनाफाबाट शेयर सदस्यहरुलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन शेयर सदस्यहरु बीच छलफल गरी पारित भएको थियो । साधारण सभामा विभिन्न विधामा उत्कृष्ट त्यसै संस्थाका शेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो ।
स्थानीय समुदायमा आधारित रहेर सहकारी मूल्य र मान्यतालाई आत्मसात गरी सञ्चालन भइरहृको यो संस्थाले सौगलमा रहेको केन्द्रीय कार्यालयसँगै ललितपुर महानगरपालिका-१६, चल्खुमा रहृको सेवाकेन्द्रबाट पनि शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ ।





