आज चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा विश्व सर्वहारा वर्गीय आन्दोलनका नेता माओत्से तुङको १३२औं जन्मदिनको अवसरमा माओको योगदानको स्मरण भइरहेको छ । सन् १८९३ डिसेम्बर २६ मा जन्मेर सन् १९७६ सेप्टेवर ९ मा अस्ताएका माओको नेतृत्वमा सन् १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीनको घोषणा भएको थियो । सन् १९३५ देखि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व गरेका माओले चीनको १९४९ अक्टोबर १ देखि सन् १९७६ सेप्टेम्बर ९ सम्म नेतृत्व गरेका थिए ।
विश्व सर्वहारा वर्गका नेता माओको योगदानको स्मरण गर्दै मार्क्सवाद , लेनिनवाद र माओ विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्दै आएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष

ऋषि कट्टेलले ‘माओले मार्क्सवादलाई थप समृद्ध गर्न र लेनिनले नेपाल जस्ता अल्पविकसित देशहरुमा हुने जनक्रान्तिको विचारलाई माओको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले व्यवहारिक रुपमा कार्यान्वयन गर्न सफल भएको बताउदै उहाँको सो योगदान अल्पविकसित देशहरुको सर्वहारा वर्गीय आन्दोलनका लागि आज पनि त्यत्तिकै सान्दर्भिक रहेको छ’, भन्नुभयो । अलगपथसँग कुरा गर्दै उहाँले मार्क्सवाद, लेनिनवाद र माओविचारधाराको जगमा रहेर क्रान्तिकारी कम्युनिष्टहरुले विश्व सर्वहारा वर्गीय कम्युनिष्ट आन्दोलनको मिहिन ढंगबाट समीक्षा गरि यो आन्दोलन कमजोर हुनुको कारण खोजी गरी नयाँ शिराबाट यो आन्दोलन अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो ।
यता केही दिन अघि एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव

किरणले १३२औं माओ दिवसको अवसरमा माओत्से तुङको योगदानको स्मरण गर्नुभएको छ । उहाँले प्रेस विज्ञप्ति जारी गरि माओको योगदानको बारेमा प्रकाश पार्नु भएको छ ।






