माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको २५औं बार्षिक साधारण सभामा सम्पन्न

काठमाडौंको रिङरोड ढुंगेधारा-अन्नपूर्णच‍ोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं बार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलको अध्यक्षता तथा पूर्व मन्त्री डा.रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा २०८१ पुस १३ गते शनिबार मदर्स बैंङ्क्वेट्स खरिबोट- बनस्थली, काठमाडौंमा सम्पन्न भयो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउदै सहकारीमा देखिएका समस्या राज्य र सहकारी अभियान मिलेर समाधान गरि सहकारीको विकास र प्रवर्द्धन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको यस साधारण सभामा प्रस्तुत भएको प्रतिवेदनले यो संस्था राम्रोसँग सञ्चालन भइरहेको देखियो भन्दै यसको थप प्रगतिको कामना गर्नुभयो ।

“दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी” भन्ने नाराका साथ सम्पन्न त्यस साधारणसभामा शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदी, बैकर्स तथा सहकारी विज्ञ योगेश्वर ढकाल , वीपी चिन्तन प्रतिष्ठान सहअध्यक्ष पुष्पराज पराजुली , डीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम के.सी. र गुठी संस्थानका अध्यक्ष डा.शिवराज पण्डितले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रमा विभिन्न खाले समस्या समस्या आएको समयमा र बजारमा आर्थिक गतिविधि सुस्त भएको बेलामा यो संस्थाको सबै सूचकाङ्क राम्रो हुनु र यसले आफ्ना शेयर सदस्यहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्न सक्नु सुखद अवस्था हो भन्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

उक्त संस्थाका सचिव एकनारायण उपाध्यायले सञ्चालन र सञ्चालक भक्तराज भुसालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको साधाराण सभामा धौलागिरि समाज नेपालका अध्यक्ष केदारनाथ गौतम , सल्लाहकार चिफ ईन्जिनियर मोती कुँवर , पूर्व न्यायाधीश कोमलनाथ घिमिरे , सह-प्राध्यापक शारदा कुवर , पूर्व सीडीओ विष्णुनाथ शर्मा , इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि., बालाजुका प्रबन्धक निर्देशक लेखनाथ पौडेल , पूर्व प्रशासक प्रेम सुवेदी , पूर्व प्रधानाध्यापक ईश्वरी ढकाल , अधिवक्ता नारायण आचार्य , डिपश्री बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सरोजकुमार श्रेष्ठ , ग्लोबल आईएमई बैंकका प्रबन्धक चमत्कार पौडेल , लक्ष्मी सनराईज बैंक बनस्थली शाखाका प्रबन्धक अनुजा पौडेल , आईएमई सीएसएलका लेखा प्रमुख रामप्रसाद पौडेल , समर्पण बस्ती टोल सुधार समितिका अध्यक्ष टुकनाथ ढकाल , राधाकृष्ण मन्दिरका अध्यक्ष पद्मनाथ सापकोटा , धौलागिरी समाज नेपाल उपाध्यक्ष शक्तिलाल ज्वारचन , विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी , समाजसेवी गोपालप्रसाद रिमाल, वन देवी संरक्षण समितिको अध्यक्ष मृगेन्द्र भुर्तेल, समाजसेवी कर्ण शाही लगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका अध्यक्ष शर्माले शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताले हाम्रो यो संस्था सफलतापूर्वक अगाडि बढ्न सफल भएको भन्दै सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले विसं २०५६ सालमा २५ जना शेयर सदस्यहरुको पहलमा स्थापना भएको यस संस्थामा हाल कुल शेयर सदस्यहरु ६०३ जना, शेयर पूँजी रु.३,०२,००,०००, कूल निक्षेप संकलन रु.३८,००,००,०००, कर्जा लगानी रु.२३,००,००,०००, जगेडा कोषमा रु.७७,४०,०००, कर्जा जोखिम कोषमा रु.४०,५१,००० , तरलता रु.१३,४५,००० र रु. ४२,००,००,००० वासलात रहेको छ भने यस संस्थाले ११ जनालाई रोजगारी प्रदान गरेको बताउनुभयो ।

यसैगरी त्यसै संस्थाका सचिव उपाध्यायले संस्थाको गतिविधि सहित आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित कार्यक्रम र लेखा सुपरीवेक्षण समिति संयोजक युद्धविलाश न्यौपानेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

यस्तै त्यसै संस्थाका बरिष्ठ प्रबन्धक रामचन्द्र पौडेलले संस्थाको वित्तीय अवस्थाको बारेमा प्रकाश पार्दै यस संस्थाले शेयर सदस्यहरुले गर्व गर्न लायक काम गरेको बताउनुभयो ।

शेयर सदस्यहरु बीच छलफल गरि साधारण सभाबाट आर्थिक वर्ष २०८१/०८२ को संस्थाको प्रस्तावित कार्यक्रम सहित सहित सबै प्रतिवेदन पारित गरियो ।

साधारण सभामा त्यसै संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु मध्येबाट उत्कृष्ट जीपीए (GPA)का साथ २०८० सालको एसईई (SEE)मा उत्तीर्ण भएका नानीबाबुलाई नगद पुरस्कार सहित एसईई (SEE) सम्मान गर्नुका साथै संस्थाका वरिष्ठ प्रबन्धक रामचन्द्र पौडेल , सह-लेखा अधिकृत अञ्जु गौतम सहित कर्मचारीहरु कल्पना के.सी. र लोककुमारी थापालाई मायाको चिनो सहित सम्मान गरियो । त्यस अवसरमा संस्थाका अध्यक्ष शर्माले प्रमुख अतिथि लगायतलाई मायाको चिनो प्रदान गर्नुभयो ।

सो साधारण सभाकै अवसरमा संस्थाको २५औं वार्षिक‍ोत्सव (25th Silver jubilee year) केक काटेर मनाइएको थियोे l

Leave a Reply

Your email address will not be published. Required fields are marked *