फोर नेशन्स कपको फाइनलमा भएको पराजयबाट नेपालले पाठ सिक्नुपर्छ

२०८१ फाल्गुण १४ गते बुधबार साझ काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भाइनेट फोर नेशन्स कप इण्टरनेशनल वुमन्स फुटबलको फाइनलमा म्यानमारसँग नेपाल २-० गोल अन्तरले पराजित भयो । दुबै टोली बीच खेल प्रतिस्पर्धात्क थियो । १५,५००० भन्दा बढी दर्शकले भरिएको दशरथ रंगशालामा म्यानमारले रक्षा पङ्तीलाई बलियो बनाएर खेल खेलिरहेको थियो भने नेपाल आक्रामक ढंगबाट खेेलिरहेको थियो , जसले गर्दा नेपाली रक्षा पङ्तीको कमजोरीको उसलाई ह‍ोस नै भएन , जसको फाइदा उठाएर खेलको ६२औं मिनेटमा म्यानमारकी नो पो खिनले गोलपोष्टको बायाँ साइडको डी बक्स नजिकैबाट हानेको बल नेपाली गोल पोष्टभित्र छि-यो, नेपाली कप्तान समेत रहेकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले यसको भेउ नै पाइनन् । गोल खाएपछि नेपाली खेलाडी केही नर्मस बने । त्यही कमजोरीको फाइदा उठाएर पहिलो गोल भएको दुई मिनेटमा नै म्यानमारकी कप्तान विन तुनले कुदाएर लगेर नेपाली गोलप‍ष्टमा प्रहार गरेको बल नेपाली गोलकिपर तुम्बापोले रोकिन तर त्यो रोकिएको बल नेपाली खेलाडी गीता रानाको खुट्टामा लागेर आत्मघाती ग‍ल भयो त्यसपछि कुनै गोल हुन सकेन । दुबै टोलीले गोल गर्न गरेको प्रयास सफल हुन सकेन । फिफा बरियतामा आफूभन्दा ४८औं स्थानले अगाडि रहेको म्यानमार विरुद्ध नेपाली टिमले पटक पटक गोल गर्ने अवसर बनाएपनि नेपाली खृलाडीहरु फिनिसिङमा चुक्ता नेपाल पराजित हुन पुगेको थियो । राम्रो पास खेलेपनि स्ट्राइकरहरु वीच राम्रो तालमेल हुन नसक्ता यस पटक पनि नेपाल उपविजेतामै चित्त बुझाउन विवश भयो भने नेपाली च्याम्पियन बनेको हेर्ने नेपाली दर्शक श्रोताको चाहाना यस पटक पनि अधुरै रहन पुग्यो ।

यो म्याचमा म्यानमार विजेता बनेपनि नेपाली मिड फिल्डर रेनुका नगरकोटी ट्रुनामेण्ट अफ द म्याच भइन् । उनलाई रु.५० हजार रुपैया पुरस्कार प्रदान गरियो । उनले यो प्रतियोगितामा उत्कृष्ट खेल खेलिन् । नेपाली टोलीकी पूर्व कप्तान नगरकोटीले चोटका कारण यस अघिका केही म्याच गुमाएकी थिइन् ।

यता खेल जानकारहरु भने यो म्याच कुनै ठूलो प्रतियोगिताका लागि छनौट हुने भन्दापनि मैत्रीपूर्ण जस्तै भएकोले यसलाई अवसरको रुपमा लिई यसमा भएका कमिकमजोरी सच्याएर आगामी दिनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्नु पर्ने बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *