युरोपियन च्याम्पियन्स लिगको सेमि-फाइनल समीकरण पूरा

गएराती आर्सनल र रियल म्याड्रिड तथा इण्टर मिलान र वार्यन म्युनिख बीचको क्वाटर फाइनल चरणका खेल सम्पन्न भएसँगै युर‍पियन च्याम्पियन्स लिगको सेमि-फाइनल समीकरण पूरा भएको छ । जसमा ब‍ोरुसिया डर्टमण्डलाई हराएर बार्सिलोना, रियल मड्रिडलाई हराएर आर्सनल, एष्टन भिल्लालाई हराएर पेरिस सेण्ट जर्मन र वार्यन म्युनिखलाई हराएर इण्टर मिलान सेमि-फाइनल प्रवेश गरेका हुन् ।

यही बैशाख १७ गते इङ्लिस क्लब आर्सनल र फ्रान्सेली क्लब पेरिस सेण्ट जर्मेन तथा यही बैशाख १८ गते इटालियन क्लब इण्टर मिलान र स्पेनिस क्लब बार्सिलोना बीच सेमि-फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *