नेपाल प्रहरीको एआईजी बडुवा सिफारिस, परेनन् राअविबाट आएका डीआईजी

गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षकमा ७ जना नायब महानिरीक्षकलाई बडुवाका लागि सिफारिस गरेको छ । अतिरिक्त महानिरीक्षकमा बडुवा सिफारिस हुने नायब महानिरीक्षकहरुमा केन्द्रीय अनुिन्धान ब्युरो लाजिम्पाट, काठमाडौंमा कार्यरत चन्द्र कुबेर खापुङ, मधेश प्रधेश प्रहरी कार्यालय जनकपुर,धनुषामा कार्यरत लालमणि आचार्य, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरमा कार्यरत कृष्णहरि शर्मा पोखरेल,लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्शीपुर, दाङमा कार्यरत दानबहादुर कार्की, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ्ग कार्यरत राजन अधिकारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौंमा कार्यरत डा.मन‍ोजकुमार के.सी. छन् । ७ जना प्रहरी अतिरिक्त महानिरीक्षकमा बडुवामा बडुवा भएपछि प्रहरीका विभागले नेतृत्व पाउने बताइएको छ ।

नेेपाल प्रहरीको ७ जना एआईजी बडुवा सिफारिस हुदा राष्ट्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका प्रहरी नायव निरीक्षक भने नपरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *