ओप्सना फिल्म्स प्रा.लि.ले राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८२ प्रदान गर्ने भएको छ । आधुनिक गीत, पप गीत, चलचित्रका गीत, भाषाभाषीका गीत, राष्ट्रिय गीत, लोकगीत, डेउडा लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी ३९ वटा विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गर्ने सो प्रा.लि.का अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईले बताउनुभयो । संगीत, कलाकारिता, खेलकूद, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति लगायतका संगीत बाहेकका क्षेत्रलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिने छ । साथै लामो समयदेखि गीत संगीतमा सेवारत व्यक्तित्वलाई लाइफटाइम अचिपमेन्ट अवार्ड तथा विदेशमा बसेर गीत संगीत र अन्य क्षेत्रमा योगदान पु-याइरहेका व्यक्तित्वलाई डायस्पोरा अवार्ड प्रदान गरिने अध्यक्ष राईको भनाई छ ।
अवार्डमा आवेदनका लागि ओप्सना फिल्म्स् प्रा लि. बुद्धनगरको कार्यालयमा फाराम उपलब्ध रहेको अध्यक्ष राईले बताउनुभयो । थप जानकारीका लागि मोवाइल नं ९८५१०६६०९२, ९८४००५३०७६ मा सम्पर्क गर्न सकिनेछ । सवै अवार्डका लागि जेठ ५ गतेसम्म फाराम बुझाउन सकिने र डायस्पोरा अवार्डका लागि इमेल मार्फत पनि फाराम बुझाउन सकिने अध्यक्ष राईको थप भनाई छ ।

संगीत, साहित्य र समाजका लागि लामो समयदेखि सेवारत व्यक्ति तथा संस्थालाई ओप्सना फिल्म्स प्रा.लि. ले यसअघि पनि विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो । संगीत, साहित्य, पत्रकारिता, खेलकूद तथा सामाजिक क्षेत्रमा नवआगन्तुक र अनवरत सेवा गरिरहेकाहरुलाई प्रोत्साहनका लागि यो अवार्ड पुन: प्रदान गर्न लागेक ो ओप्सना फिल्म्स प्रा.लि.ले जनाएको छ ।
नेपाली संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत राईसँगै उहाँकी श्रीमती पनि संगीत कलाको प्रवर्दधनमा लागिरहनुभएको छ । उहाँहरुकै अग्रसरतामा वि.सं.२०७० सालमा नेपालमा पहिलो पटक नेपाल आइडल सञ्चालन भएको थियो ।
संगीतकार समेत रहेका अध्यक्ष राईले हालसम्म करिव ४ हजार ५ सय भन्दा वढी गीतलाई संगीत प्रदान गरेका गर्नुभएको छ ।





