अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै : आज सार्वजनिक बिदा

आज १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैछ । अखिल नेपाल ट्रेड यूनियन महासंघ लगायतका विभिन्न मजदुर संघ/संगठनले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउदैछन् । यो दिवसको अवसरमा आज नेपाल सरकारले सनर्वजनिक बिदा दिएको छ । श्रमिकहरुले य‍ दिवसको अवसरमा एक अर्कामा शुभकामना आदान प्रदान गरिरहेका छन् ।

यो दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल,लगायतले शुभकामना व्यक्त गर्कन छन् ।

सन् १८८६ मा संयुक्त राज्य अमेरिकाको सिकागो शहरका मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गरि आन्दोलन गरेको दिनको सम्झनामा हरेक वर्ष मे १ तारेखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ । नेपालमा वि.सं.२००७ सालमा विराटनगर जुट मिलका मजदुरहरुले पहिलो पटक यो दिवस मनएका थिए । वि.सं.२०४६ सालको जन–आन्द‍‍‍‍लनपछि नेपालमा यो दिवसलाई विशेष कार्यक्रम गरि मनाउने गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *