पुष्पलाल विचार प्रवर्धन केन्द्रले आज नयाँ जनवाद कि समाजवाद विषयक अन्तरक्रियात्मक गोष्ठी आयोजना गर्न लागेको जनाएको छ । सरोकारवालाहरु बीच दिउँसोो १२ कजेबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा रहेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा हुने सो अन्तरक्रियात्मक गोष्ठीमा आयोजकले छलफलका लागि आधारपत्र प्रस्तुत गर्ने पुष्पलाल विचार प्रवर्धन केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाले अलगपथलाई बताउनुभयो । उक्त आधारपत्रमाथि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल सहितले आ-आफ्नो धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ ।
गत मंसिरदेखि यता पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा फरक फरक विषयमा सरकारवालाहरु बीच काठमाडौंमा दुई वटा अन्थरक्रियात्मक गोष्ठी सम्पन्न भएका थिए ।





