नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले संयुक्त रुपमा सातै प्रदेशमा यही बैशाख २७ गते शनिबार “सुनचाँदी कारोबार एवं नीति निर्देशिका लगायत समसामयिक विषयक कार्यशाला गोष्ठी” आयोजना गर्न भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको सूचनामा सम्बन्धित प्रदेश महासंघ अन्तर्गतका जिल्ला र नगर महासंघलाई उक्त गष्ठी सहभागी हुन ५/५ जना प्रतिनिधि अनिवार्य पठाउन अनुरोध गरिएको छ ।






