नेपाल प्रहरीि प्रधान कार्यालय साइबर व्युरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पाले आज विहान ८ बजेर ५६ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेेकेकी छन् । सगरमाथाको पहिलो पटक सफलतापूर्वक आरोहण गरेकी शेर्पालाई प्रहरी महानिरीक्षक दीपक थापाले उहाँको सफलतापूर्वक सगरमाथा आरहणले नेपाल प्रहरीको गौरव थप बढाएको भनी खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।
सोलुखुम्बु घर भएकी प्रहरी सहायक निरीक्षक शेर्पालाई सगरमाथाको आरोहणको सफलताको कामना गरि प्रहरी महानिरीक्षक थापाले गत चैत्र २५ गते प्रहरी प्रधान कार्यालयमा आयजित कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको सन्देश सहितको व्यानर हस्तान्तरण गरि बिदाई गरेका थिए ।
यस अघि इण्टरपल स्थापना भएको सय वर्ष पुगेको उपलक्ष्यमा गत वर्ष नेपाल प्रहरीका बरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले सगरमाथाको सफल आरोहण गरेका थिए ।





