शिक्षण पेशामा कार्यरत लेखक निर्मला तामाङको अर्को कृति “समस्या के हो ?” पाठकमाझ आएको छ । गत साता ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु मुक्ति र प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बे, फक्ताङ्लुङ गाउँपालिका ३ वडा अध्यक्ष आइतराम लिम्बुसहितको पस्थितिमा फक्ताङ्लुङ गाउँपालिकामा यो कृतिको विमोचन भएको हो ।

समाजका विभिन्न पाटाहरुलाई केलाएको छ यो कृतिमा ।

संखुवासभाको साविक चैनपुर गा.वि.स. वडा नं.६ तथा हालको चैनपुर नगरपालिका वडा नं.७, फलाटेमा जन्मेर केही वर्षयता ताप्लेजुङको फक्ताङ्लुङलाई कर्मथलो बनाएकी निर्मला तामाङको यस अघि “फक्ताङ्लुङको फेदीमा” उपन्यास सहित विभिन्न लेखरचना प्रकाशित भएका छन् ।




