बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले समग्र सहकारी अभियानलाई कमजोर र धरासायी बनाउने गरी जारी मापदण्डको तत्काल परिमार्जनका लागि माग गर्नुभएको छ ।
२०८२ जेठ १० र ११ गते रोयल थाई हस्पिटालिटी राधेराधे,भक्तपुरमा सम्पन्न भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक साझेदारीमा सहकारीमा पूँजी कोष पर्याप्तता सीएआर (CAR) र पल्र्स अनुगमन प्रणाली तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लाखाजुले जारी मापदण्डमा तरलता सम्बन्धी व्यवस्था लगायतका विषय तत्काल सच्याउनु पर्ने अन्यथा कानुनी उपचारमा सहकारी अभियान लाग्नु पर्ने खाँचो औंल्याउनुभयो ।
बचत तथा ऋणको एकल उद्देश्य बमोजिम बचत तथा ऋण सहकारी संघहरुले सदस्य संस्थाको बचत स्वीकार्ने र ऋण लगानी कार्य सहकारी ऐनमा व्यवस्था भए बमोजिम नै गरिरहेको दाबी गर्नु हुँदै उहाँले बैंक तथा वित्तीय संस्थालाई पोषणको निम्ति नै बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारी संघ तथा संस्थाहरुको बृद्धि विकासमा संकुचन हुने गरी मापदण्डहरु जारी भएको धारणा व्यक्त गर्नुभयो । सहकारीका सदस्यको बचत सुरक्षा तथा जोखिम न्युनिकारणका मापदण्डहरु पालना गरी संस्था सुरक्षित राख्न कर्मचारीहरुले सदैब नयाँ ज्ञान सीप सिक्नका लागि जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाको अवस्था बुझ्न सीएआर (CAR) र पल्र्स आवश्यक रहेको बताउनुभयो ।
यसैगरी सोही संघका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले संस्थाले सीएआर (CAR) र पल्र्सको अनुपात हेरेर मात्र सदस्यको बचत लिने र जोखिम कति लिन सकिन्छ भन्ने कुरा थाहा पाउने बताउनुभयो । उहाँले सिकेका ज्ञान सीप कार्यरत संस्थामा प्रयोग गरी दक्षता हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी सो संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले वित्तीय कारोबार गरेकै आधारमा बचत तथा ऋण सहकारीलाई बैंक भयो भन्नु गलत भएको बताउनुभयो । उहाँले बचत तथा ऋण कारोबारको सीमाको आधारमा बर्गीकरण गरी नेपाल राष्ट्र बैंकबाट बैकिङ इजाजत लिने व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सहकारीमा देखिएको समस्या समाधान सहकारीलाई नियोजन गर्ने निर्देशन तथा मापदण्ड मात्र जारी गर्दैमा नहुने भन्दै उहाँले व्यवहारिक तथा प्रगतिशील कानुनको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा सवागत मन्तव्य व्यक्त गर्दै सो संघको अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिका सदस्य राजकुमार लघुुले सहकारीमा पूँजी कोष पर्याप्तता सीएरआर (CAR) र पल्र्स अनुगमन प्रणाली तालिम प्राविधिक विषय भएकोले यसको निरन्तर प्रयोग र सिकाई गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा नेफस्कूनका प्रार्चाय बल्लभ तिमल्सिनाले सहकारीमा पूँजी कोष पर्याप्तता सीएर (CAR) को बारेमा प्रकाश पार्नुभयो भने नेफस्कूनकै प्रशिक्षक उमेश कोईरालाले पल्र्स अनुगमन प्रणालीको विषयमा जान कारी दिनुभयो ।
तालिममा सहभागीहरुले सहकारीले सहकारीमा पूँजी कोष पर्याप्तता सीएआर (CAR) र पल्र्स अनुगमन प्रणालीको विषयमा प्रयोगात्मक सिकाई भएकोले खुशी व्यक्त गर्नुभयो । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा लेखा सम्बन्धी कर्मचारीहरु गरी ३८ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको सञ्चालन त्यसै संघका कर्मचारी रोकेश जोशीले गर्नुभयो ।

…………………………………………………………………






