झापाको खजुरबारीमा चोरी बढ्यो : शसस्त्र प्रहरी बन्यो रमिते

झापाको गौरादह नगरपालिका-९, खजुरबारी एरियामा च‍ोरी बढेको छ । तीन दिन अघि खजुरबारीका अर्जुन भण्डारीको थलामा बाधेको भैंसी र पाडो च‍ोरेी भएको समाचार प्राप्त भएको छ , जसबाट भण्डारीलाई रु.१ लाख ६० हजार जति नोक्सान भएको स्थानीयबासी बताउछन् । गत पुसदेखि यता त्यहाँ गाई भैंसी रागा गोरु चोरी भएको छ तर साबिकको बैगुन्धुरा गा.वि.स.-७ मा रहेको खजुरबारी छेवैमा रहेको शसस्त्र प्रहरी बलले भने देखेको नदेखे झैं गरिरहेको छ । सो शसस्त्र प्रहरी बलका प्रहरीलाई स्थानीयबासीले चोरी नियन्त्रण गरि चोर पत्ता लगाएर कारबाही गर्न अनुरोध गरे तर ती प्रहरीले माथिको आदेश विना आफूले केही गर्न नसक्ने जवाफ दिएको स्थानीयबासीले दु:खेसो व्यक्त गरेका छन् । आफ्नै व्यारेकछेवैको गाउँमा श्रृङ्खलाबद्ध रुपमा चोरी हुँदा पनि शसस्त्र प्रहरी बल रमिते बन्नुलाई कतिपयले यशो चोरीका घटनामा कतै त्य‍‍‍ही शसस्त्र प्रहरी बलका प्रहरीको त कतै सम्लग्नता छैन भनेर आशंका व्यक्त गरेको पनि पाइएको छ ।

बैगुन्धुराका प्रहरीको टोली बेलाकखत सडकमा हिडेपनि त्यसबाट चोरी नियन्त्रण हुन नसक्ने सरोकारवालाहरु बताउछन् ।

भारतसँगको सीमाना खजुरबारी एरियनबाट त्यत्ति टाढा नभएकोले पहिला पहिला त्यहाँ राँगा गोरु च‍‍ोरी हुन्थे तर स्थानीयले चोरको आशंकामा केही मानिसलाई गाउँबाट पिटेर लखेटेपछि त्यहाँ च‍‍ोोरी घटेको थियो । यो पटक भने त्यहाँ च‍‍‍‍‍‍‍‍ोरले रागाँ ग‍ोरू मात्रै नभएर गाई भैंसी काच्छा पाडा आदि चोरेपछि स्थानीयबासी थप हैरान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *