आज संघीय सरकारको नेतृत्व गरेको दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेकपा (माके) बीच दुई बुँदे सहमती

भएसँगै संघीय संसदको काम कारबाही पुन: सुचारु भएको छ । यो सहमतीपछि प्रतिनिधि सभाको बैैैठक अगाडि बडेको छ । आजको सो बैठकमा आफ्नो कुरा राख्तै गृह मन्त्री रमेश लेखकले लोकतन्त्र र सुशासनको पक्षमा आफूले लडेको र विधिको शासनको निम्ति आवाज उठाएको बताउदै ‘यो भिजिट भिसा प्रकरणमा आफ्नो सम्लग्नता छैन र हुन सक्तैन’, भने । आफू माथि नियोजित ढंगबाट राजनीतिक षडयन्त्र भयो भन्दै गृह मन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने अनुसन्धानका कार्य आफूलाई थाहा हुदैन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहयोग मागेमा आफू सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे । गृह मन्त्री लेेेखक रोष्टममा उभिएर बोल्दै गर्दा रास्वपा र राप्रपाका सांसदहरुले वेल घेरेर नाराबाजी गरे ।
यो दुुई बुँदे सहमतीले समस्या समाधान हुन नसक्ने भन्दै अहिलेलाई माओवादी केन्द्रसँग रास्वपाको सहकार्य टुटेको रास्वपाका सांसद मनिष झाले सञ्चारकर्मीलाई बताए । यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्रल लुटतन्त्रलाई सहयोग पुग्ने गरि समझदारी गरेको बताए ।
यो दुई बुँदे सहमती गरेको थाहा पाएपछि कतिपय जानकारले नेकपा (माके)ले भिजिट भिसाको विषयलाई लिएर यति लामो समय संसद अवरुद्ध गर्नुको औचित्य प्रमाणित गर्नु पर्ने बताएका छन् ।





